कुकिङ टिप्सः जसले तपाईंलाई बनाइदिन्छ आफ्नो घरको मास्टर शेफ
खाना खाँदा त्यतिबेला मज्जा आउँछ जब खाना स्वादिष्ट हुन्छ । खाना बनाउने बेला यसलाई स्वादिष्ट कसरी बनाउन सकिन्छ भनेर पूरा कोसिस गरिन्छ । तर यसो गर्दा पनि कहिलेकाँही तपाईंको खाना राम्रो बनिरहेको हुँदैन । यस्तो अवस्थामा डराउनुको साटो अपनाउनुस् यी विशेष टिप्सः
– यदि तपाईं कटहरको तरकारी बनाइराख्नु भएको छ भने पकाइसकेपछि यसमा थोरै कागतीको रस राख्नुहोस् । यसो गर्दा स्वाद बढ्छ ।
– सूजीको हलुवामा थोरै बेसन हाल्नुहोस्, हलुवा स्वादिष्ट बन्छ ।
– दुधलाई उमाल्ने बेला थोरै अलैंची पाउडर हाल्नुहोस् । हरेक पल्ट मिठो चिया बन्छ ।
– खीरमा गाढापन बढाउनका लागि खीरमा नरिवलको पाउडर हाल्नुहोस् । स्वाद र गाढापन दुबै बढ्छ ।
– इमलीको अचारमा थोरै भुटेको जिरा, धनियाँ र रातो खुर्सानी पाउडर हाल्नुहोस्, यसले स्वाद बढाउँछ ।
– यदि तरकारीबाट जलेको गन्ध आइरहेको छ भने पाउरोटीका केही टुक्रा हालेर ढाक्नुहोस् र केहीबेर पछि निकाल्नुहोस् । तपाईंको तरकारी केही हदसम्म ठिक हुन्छ ।
– यदि तपाईं पनिरको तरकारी बनाइराख्नुभएको छ भने पनिरलाई तेलमा तार्नुको साटो उमालेको पानीमा केही बेरसम्म राख्नुहोस् । पनिर नरम हुन्छ ।
– यदि काँचो अण्डा फुटेको छ भने पानीमा एक सानो चम्चा भिनेगर हाल्नुहोस् र अण्डा उमाल्नुहोस् । यस्तो गर्दा काँचो अण्डा बाहिर निस्कँदैन ।
– लसुनलाई छोडाउन समस्या भइरहेको छ भने यसलाई तातो ताउमा हालेर चलाउनुहोस् । त्यसपछि सेलाएपछि बोक्रा छोडाउनुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुरुङ समुदायको पहिचानले विस्तारित लमजुङको ग्रामीण पर्यटन
-
बिहीबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल
-
लोमान्थाङमा नयाँ पुल बनेपछि...
-
सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको सामूहिक दुर्घटना बिमा
-
अनुसन्धानको नतिजा किसानको खेतबारीसम्म पुग्नुपर्छ: कृषि मन्त्री
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण