सन्नी लियोनको कण्डमको विज्ञापन पुनः विवादमा, यसो भन्छन् यी नेता
सन्नी लियोनद्वारा गरिएको कण्डमको विज्ञापन एकपटक पुनः विवादमा आएको छ । उक्त विज्ञापनमाथि गोवाका एक नेताले आपत्ति जताएका छन् ।
जुन प्रकारले उक्त विज्ञापनको प्रचार गरिएको छ त्यसलाई बन्द गर्नुपर्ने माग राखेका ती नेताले विज्ञापनले आफूलाई लज्जित बनाएको बताएका छन् । स्मरण रहोस्, सन्नी लियोन म्यानफोर्स कण्डमका ब्रान्ड एम्बसेडर हुन् । उनी यसको विज्ञापनमा पनि देखिन्छिन् ।
योभन्दा अघि पनि भइसकेको छ यसको विरोधः
सन्नीको विज्ञापनमा योभन्दा पहिले पनि विरोध भएको थियो । यसपटक नेता फ्रान्सिस्को सिल्वेरियाले विरोध जताएका छन् । उनका अनुसार गोवा ट्रान्सपोर्ट कर्पोरेशनको बसमा उक्त कण्डमको प्रचार हुन्छ । उक्त विज्ञापनको पोष्टर बसमा लगाइन्छ । उनले भने, ‘यस्तो प्रकारको विज्ञापनमार्फत हामी गोवाका मानिसहरुलाई के सिकाइरहेका छौं । बसमा विद्यार्थी यात्रा गर्छन्, यसबाट उनीहरुले के सिक्छन् । यस्ता विज्ञापनले गोवामा मानिसहरुमाथि नराम्रो असर परिरहेको छ । ’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
-
१० बजे १० समाचार : भारतसँग के–के सहमति गरेर फर्किए परराष्ट्रमन्त्री खनाल ? रविले बोलाए सर्वदलीय बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण