माथिल्लो कर्णालीमा इन्भेष्टमेण्ट बैंकको एक्सटेन्सन काउण्टर
सुर्खेत– माथिल्लो कर्णाली जलविद्युत आयोजना स्थल अछाम–दैलेखको डाँवमा नेपाल इन्भेष्टमेण्ट बैंकले एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । आयोजना प्रवद्र्धन कम्पनी जीएमआरले प्रभावित क्षेत्रका बासिन्दालाई जग्गाको मुआव्जा वितरण गर्ने तयारी गरेसँगै बैंकले बिहीबार दैलेखको आठवीस नगरपालिका–१, डाँवमा आधुनिक प्रविधि सहितको एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याईएको हो ।
बैंकको नयाँ एक्सटेन्सन काउण्टरको उद्घाटन गर्दै सुर्खेत शाखा प्रबन्धक कृष्णराज जोशीले एक्सटेन्सन काउटरबाट धितो राखेर लिने ऋण बाहेक अरु सबै सेवाहरु उपलब्ध रहने जानकारी दिए । जीएमआरले माथिल्लो कर्णाली जलविद्युत आयोजना क्षेत्रका प्रभावितलाई मुआव्जा वितरण बैंक मार्फत नै गर्नुपर्ने कानूनी प्रावधान रहेकाले त्यहाँ बैंकको एक्सटेन्सन काउण्टर खोलिएको उनी बताउँछन् । बैंकिङ सेवा सेवाको पहुँचबाट टाढा रहेका अछाम र दैलेखका सेवाग्राहीलाई एक्सटेन्सन काउण्टरबाट प्रत्यक्ष लाभान्वित हुने उनको विश्वास छ ।
बैंकले यसअघि कालिकोटको मान्ममा समेत एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको थियो । छिट्टै नेपाल इन्भेष्टमेन्ट बैंकले सुदुरपश्चिमका डोटी र अछाममा २ वटा नयाँ शाखा सञ्चालनमा ल्याउन लागेको उनको भनाइ छ । उनले सुदुरपश्चिम क्षेत्रका बासिन्दालाई वित्तिय सेवा पु¥याउने उद्देश्यले असार १ गतेदेखि ती दुई जिल्लामा बैंकका नयाँ शाखा सञ्चालनमा ल्याउन लागेको जानकारी दिए ।
नेपाल इन्भेष्टमेन्ट बैंकले बैंकिङ सेवा पुग्न नसकेका स्थानहरुमा शाखारहित बैंकिङ सेवाको माध्यमबाट आधारभुत बंैकिङ सेवा पु¥याउने नीति अवलम्वन गरेको छ । बैंकले ४८ शाखा र एउटा एक्सटेन्सन काउण्टर, मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दे आईरहेको छ । हाल बैंकको चुक्तापूँजी आठ अर्ब ७५ करोड रहेको छ । बैंकले चैत मसान्तसम्म एक खर्ब १८ अरब निपेक्ष संकलन गरेको छ भने १ खर्ब १ अरब रुपैयाँ लगानी गरेको छ । त्यस्तै बैंकले चैतमसान्तसम्म दुई अर्ब ४६ करोड नाफा समेत कमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङ मुद्दामा अमेरिकी नीति परिवर्तन, सङ्कटकाल नवीकरण नगरिने
-
धनुषा प्रहरीको अभियानः एक सातामा १२५ फरार प्रतिवादी पक्राउ
-
उद्योग विभागद्वारा ५८ अर्ब बराबर वैदेशिक लगानीको प्रतिबद्धता स्वीकृत
-
ठगीको आरोपमा एकैपरिवारका तीन जना पक्राउ
-
पछिल्लो २४ घण्टामा ५२१ सवारी चालक कारबाहीमा
-
न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्ने बेला भइसक्यो : रास्वपा सांसद न्यौपाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण