कपिल शर्मालाई डिप्रेशन छैन, अस्पताल भर्ना हुनुको कारण यस्तो बताए
भारतीय हास्यकलाकार कपिल शर्मालाई डिप्रेशनसँग जुधिरहेको भन्ने खबरले बिगत लामो समयदेखि चर्चा पाइरहेको छ तर अब कपिल आफैंले यसबारे मुख खोलेका छन् । कपिल शर्माले एक वेबसाइटलाई दिएको अन्तर्वार्तामा उनको स्वास्ूथ्य खराब हुनुको पछाडि अन्य कारण भएको बताए ।
कपिलका अनुसार उनले उनको नयाँ फिल्म फिरंगीको सुटिङका बेला सक्नेभन्दा बढि काम गरेको र यतिबेला आफ्नो स्वास्थ्यमा केही ध्यान नदिएको बताए । लगातार काम गरेकाले आफ्नो रक्तचापमा कमी हुने समस्या देखिन थालेकाले पटक पटक अस्पताल भर्ना गर्नुपरेको उनले बताए ।
कपिलको सेटबाट थुप्रै स्टार सुटिङ नै नगरी फर्कनुपरेको विषयमा पनि उनले कुराकानी गरेका छन् । कपिलका अनुसार उक्त खबर निराधार हो, अहिलेसम्म कुनै पनि स्टार सुटिङ नै नगरी फर्कनु परेको छैन । उनले आफ्नो साथी र परिवारलाई उनको कठिन समयमा साथ दिएकोमा धन्यबाद पनि दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण