आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

बिहेपछि यस्तो अवस्थामा भेटिइन् मुकेश अम्बानीकी छोरी ईशा

सोमबार, २५ चैत २०७५, ०९ : १७
सोमबार, २५ चैत २०७५

मुम्बई – बलिउडका धेरैजसो सेलिब्रटीका पहिरनको डिजाइन गर्ने फेशन डिजाइनर सब्यासाची मुखर्जीको उद्योगले २० वर्ष पूरा गरेको छ । बलिउडका प्रिय डिजाइनर सब्यासाचीले आफ्नो उद्योगले २० वर्ष पूरा गरेको अवसरमा शनिबार राति पार्टी दिएका थिए । 

उक्त पार्टीमा बलिउडका जान्ह्वी कपूर, तारा सुतारिया, मानुषी छिल्लर, अनन्या पाण्डे, फरहान अख्तर, शिबानी दान्डेकर जस्ता कलाकारहरुको बाक्लो उपस्थिती रहेको थियो । 

यसका साथै उक्त पार्टीमा मुकेश अम्बानीकी छोरी ईशा अम्बानी पनि उपस्थित थिइन् । केहि समय अगाडि विवाह बन्धनमा बाँधिएकी ईशा निकै सुन्दर पहिरनमा पार्टीमा उपस्थित भएकी थिइन् । सब्यसाचीको सिग्नेचर बेल्टले उनको साडीलाई ग्ल्यामर देखाएको थियो । उनी हल्का मेकअपमा थिइन् । 

उनले सुन्दर झुम्का लगाएकी थिइन् । हल्का कर्ली कपाललाई खुल्ला छोडेकी थिइन् । सब्यसाची ईशाका प्रिय फेशन डिजाइनर हुन् । 

गत डिसेम्बरमा आनन्द पीरामिलसँग बिहे गरेकी ईशाले बिहेको दिन सन्दीप खोसलाको डिजाइनर लेहेङगा लगाएकी थिइन् । भने, रिसेप्सनमा सब्यसाचीका वेलवेट लेहेङ्गा लगाएकी थिइन् । बिहेपछि ईशाले सहभागिता जनाएको यो पहिलो कार्यक्रम हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप