आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

२४ घण्टामै अमिताभ र जयाको बिहे, ‘शोले’ को शुटिङमै गर्भवती थिइन् जया

शुक्रबार, २९ चैत २०७५, ०९ : २१
शुक्रबार, २९ चैत २०७५

काठमाडौँ – गत अप्रिल ९ मा ७१ औँ जन्मदिन मनाएकी बलिउड अभिनेत्री जया बच्चनको विषयमा फेरि एकपटक सञ्चार माध्यममा चर्चा परिचर्चा भएको छ । 

बलिउड उद्योगमा सानदार यात्रा तय गरेकी अभिनेत्री जया बच्चनले सुपर स्टार अमिताभ बच्चनसँग बिहे गरेपछि अभिनयबाट टाढिइन् ।  तर, उनले जीवनमा जतिवटा फिल्ममा काम गरिन् आफ्नो प्रखर अभिनय र मेहेनतले सबैको मन जित्न सफल भइन् । 
 
सन् १९४८ को अप्रिल ९ मा मध्यप्रदेशको जबलपुरमा जन्मिएकी जयाले अत्याधिक चर्चित फिल्म ‘गुड्डी’, ‘मिली’, ‘बावर्ची’, ‘परिचय’ र ‘कोशिश’ जस्ता फिल्ममा काम गरिन् । जसले उनलाई सधै सफलताको शिखरमा राखिरह्यो ।

सन् १९७३ मा महानायक अमिताभ बच्चनसँग बिहे गरेकी जयाले अमिताभसँग पहिलोपटक सन् १९७२ मा फिल्म ‘बंसी बिरजू’ मा काम गरेकी थिइन् । त्यसपछि उनले अमिताभसँग थुप्रै फिल्म खेलिन् जसमध्ये ‘जंजीर’, ‘अभिमान’, ‘चुपके चुपके’, ‘मिली’, ‘शोेले’ र ‘कभी खुशी कभी गम’ सुपरहिट भयो ।

१५ वर्षको कलिलै उमेरमा अभिनयको क्षेत्रमा प्रवेश गरेकी जयाले सन् १९६३ मा निर्देशक सत्यजित रे को बंगाली फिल्म ‘महानगर’ मा सहायक अभिनेत्रीको रुपमा काम गरेकी थिइन् । 

यसकारण भएको थियो २४ घण्टामै बिहे 
अमिताभ बच्चनले एक अन्तर्वार्ताको क्रममा जयासँगको बिहेको अनुभव सुनाएका थिए । अमिताभ र जया फिल्म ‘जन्जिर’ मा काम गरिरहेका थिए । उक्त फिल्मको टिमले फिल्म सफल भएपछि सबैजना लण्डन जाने योजना बनाएका थिए । तर, अमिताभका पितालाई बिहे नगरिकन जयासँग लण्डन जान नदिने अडान लिएपछि उनीहरुले भोलिपल्ट नै बिहेको मिति तोकेर विवाह गरेका थिए ।

‘शोले’ को शुटिङको क्रममा गर्भवती थिइन् जया
थोरै मात्रै दर्शकलाइ थाहा छ कि जया फिल्म ‘शोले’ को शुटिङमा नै गर्भवती थिइन् । उनको गर्भमा ठूली छोरी श्वेता बच्चन बढिरहेकी थिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप