भरतपुर १९ : झरीले छेकेन मतदातालाई (फोटोफिचर)
चितवन - बिहानैदेखिको अबिरल झरीका बिच चितवनको भरतपुर महानगरपालिकाको वडा नं.१९ मा मतदाताहरुले उत्साहका मतदान गरिरहेका छन् । यहाँका तीन मतदानस्थलका ६ केन्द्रमा छाता ओढेर सर्वसाधारण मतदानका लागि बिहानैदेखि उपस्थित भएका हुन् ।

भरतपुर महानगरपालिका वडा नं. १९ मा ३ हजार ७ सय ९७ मतदाता छन् । चितवनको शारदानगरस्थित शारदा माध्यामिक मतदान केन्द्रमा बिहान ६ बजेदेखि नै मतदाताहरु लाइनमा बसेका थिए । १२ सय ४३ मतदाता रहेको यो केन्द्रमा ज्येष्ठ नागरिकहरु छाता र लठ्ठीको साहारामा मतदान गर्न आएका थिए भने कतिपय मतदाता पानी रोकिएपछि भोट खसाल्ने तयारीमा छन् ।

यस्तै किरणगञ्जमा रहेको किरण मावि मतदानस्थलमा १ हजार २ सय ४८, गुन्जनगरको जीवनज्योती मावि मतदान केन्द्रमा एक हजार ३ सय ६ मतदाता रहेका छन् । मतदान केन्द्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ भने मतदान केन्द्रको सय मिटर वरीपरीको स्थललाई निषेधित क्षेत्र घोषणा गरिएको छ । रोकिए मतदाता यसैबिच भरतपुर १९ मा घर भएर काठमाडौं बस्ने मतदाता बिच बाटोमा रोकिएका छन् ।

नारायणघाट मुग्लिन सडकखण्डको कालीखोलामा आएको पहिलोले सडक अबरुद्ध भएपछि काठमाडौंबाट आउने मतदातालाई समस्या परेको हो । नारायणघाट मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनाले सडक खुलाउने प्रयास जारी रहेको बताएका छन् ।















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्री लम्सालले दिए ‘प्रष्टीकरण’
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण