आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

बलिउडमा स्टारः जो नक्कली कपालमा बनेका छन् हिरो

आइतबार, ०१ वैशाख २०७६, १० : ३६
आइतबार, ०१ वैशाख २०७६

मुम्बई – बलिउड फिल्म उद्योगमा धेरै यस्ता स्टार छन् । जसको लाखौ करोडौ फ्यान छन् । यी स्टारको फ्यान फलोविंगका हुनुको कारण उनीहरुको लुक र स्टाइल पनि हो । बलिउडका केही अभिनेताको लुक र स्टालमा त लाखौ केटीहरु मरिहत्ते गर्दछन् । रिल लाइफमा देखिए झै रियल लाईफमा भने उनीहरु त्यतिकै सुन्दर देखिदैन् ।

ति ५ स्टारको आज चर्चा गर्न खोजिएको छ । जसको एक झलक पाउँन दर्शक घन्टौ घन्टासम्म पनि प्रतिक्षा गर्ने गर्दछन् । तर उनीहरु रियल लाइफमा भने टक्लु (तालु खुइले) देख्न सकिन्छ । अर्थात उनीहरु नक्कली कपाल प्रयोग गर्ने गर्दछन् । 

रजनीकान्त 
साउथ फिल्म उद्योगको सुपरस्टार रजनीकान्तलाई निकै शानदार अभिनयका कारण चिन्ने गरिन्छ । उनले अभिनय करियरमा निकै सुपरहित चलचित्र दिएका छन् । उनी आफ्नो स्टाइलका कारण पनि चर्चित छन् । तर धेरैलाई थाहा नहुन पनि सक्छ । उनी हरेक फिल्ममा विकको प्रयोग गर्ने गर्दछन् । 

अक्षय कुमार 
अक्षय बलिउडमा खेलाडी कुमारको नामबाट चिनिएका छन् । उनको लुक आजपनि युवापिडीका लागि प्रिय छ । अक्षय पनि कम कपाल भएका अभिनेता हुन् । उनी पनि अभिनयका लागि विक प्रयोग गर्दछन् ।

सलमान खान 
सलमानको पुरानो फिल्म हेर्ने हो भने उनको कपाल कम देख्न सकिन्छ । उनको कपाल केही झरेको थियो । तर उनले कपालको ट्रीटमेन्ट गरेर उमारे । उमारेको कपालमा उनको लुक निकै राम्रो देखिन्छ ।  

अमिताभ बच्चन 
बलिउडका महानायक अमिताभ बच्चनलाई अहिले कस्ले पो चिन्दैन र । उनी आज पनि फिट स्टाइलिस देखिन्छन् । एक जमानामा उनको स्टाइल फ्यानले कपि गर्ने गर्दथे । एक समय उनको पनि कपाल खराब भएको थियो । तर उनले हेयर ट्रांसप्लान गरे । जसको कारण आज उनको धेरै कपाल देख्न सकिन्छ । 

कपिल शर्मा 
कमेडियन किङ्ग भनेर चिनिने अभिनेता कपिल शर्मा पनि कम कपाल भएका ब्यक्ति हुन् । करियरको सुरुवातमा कपिलको कपाल कम भएको देख्न सकिन्थ्यो । तर उनले हेयर ट्रान्सप्लानको मद्दतले फेरि बाक्लो कपाल पाए । उनले लुक पनि चेन्ज गरे । अहिले उनको कपाल निकै बाक्लो र कालो देख्न सकिन्छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप