शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

संरक्षकको अभावमा बेवारिस बनेका बिनबहादुर

शुक्रबार, ०२ असार २०७४, १३ : १९
शुक्रबार, ०२ असार २०७४

जाजरकोट (बारेकोट गाउँपालिका– ८ लैखमका ११ वर्षीय बिनबहादुर सिंह बोल्न पनि नसक्ने र कान पनि नसुन्ने जन्मजात अपाङ्ग हुन् । 
जन्मेको एक वर्ष नपुग्दै उनले बाबु लोकबहादुरलाई गुमाए भने दुई वर्ष पुग्न लाग्दा आमा मनकुमारीले दोस्रो विवाह गरेपछि बवारिस भएका हुन् । 

बेवारिस भएपछि सडक चहार्न बाध्य भएका बिनबहादुर हातको इसाराले मात्र कुराकानी गर्न सक्छन । 

उनको १५ वर्षीया जेठी दिदी प्रेममाया आमाको दोस्रो घरमा बसेर कक्षा ६ मा अध्ययन गरिरहेकी छिन भने १३ वर्षीय कान्छी दिदी पुष्पा मामाघरमा बसेर कक्षा ५ मा अध्ययन गरिरहेकी छिन् । 

गाउँलेको सहयोगमा गत वर्ष अपाङ्गताको परिचय पत्र लिन जिल्ला सदरमुकाम खलङ्गा पुगेका बिनबहादुरलाई अपाङ्गता परिचय पत्र लिनका लागि चिकित्सकको सिफारिस आवश्यक पर्ने महिला तथा बालबालिका कार्यालयल भनेपछि जिल्ला अस्पताल पु¥याइयो । उक्त अस्पतालले सिफारिका लागि स्वास्थ्य जाँच गर्नै पर्ने भनेर अड्को थापेपछि अहिलेसम्म अपाङ्गता परिचय पत्र बन्नसकेको छैन् । 

बिनबहादुरको बाजेको नाममा रहेको पुर्खेली– २४ रोपनी जग्गा ४५ सालको नापीमा नापी भएपनि जग्गा धनी पुर्जा बनाइएको थिएन तर पनि उनका बाबुको पालासम्म चलनभोग हुँदै आएको थियो । अहिले उक्त जमिन पनि बेवारिस बनेको छ । 

गतवर्ष गाउँलेको सहयोगमा लालपुर्जा लिन भनेर जिल्ला मालपोत कार्यालयमा पु¥याइएका बिनबहादुरलाई रु ५५ हजार राजस्व बुझाएपछि लालपुर्जा उपलब्ध गराउने जिल्ला मालपोत कार्यालयले बताएपछि सो रकम बुझाउन नसक्दा लालपुर्जाबाट पनि बन्चित भएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप