शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

मुगुमा वडा अध्यक्षमाथि सांघातिक आक्रमण

शुक्रबार, ०२ असार २०७४, १३ : ३०
शुक्रबार, ०२ असार २०७४

मुगु – मुगुको सोरु गाउँपालिका वडा नं. ६ स्थित जिमा गाउँका नव निर्वाचित वडा अध्यक्ष मन प्रसाद भट्टमाथि आक्रमण भएको छ । अफ्नै घरमा सुतिरहेको बेल आक्रमण हुँदा भट्ट सख्त घाइते भएका छन् ।

टाउकोमा चोट लागेका भट्ट बेहोस छन् भने आक्रमणमा संलग्न केही व्यक्तिलाई स्थानीयले समातेर सोरुकोट प्रहरी चौकीमा बुझाएका छन् । अध्यक्ष भट्टको उपचार गाउँमा सम्भव नभएपछि स्टे«चरमा बोकेर जिल्ला सदरमुकाम गमगडी लगिदैछ । 

अध्यक्ष भट्टमाथि आक्रमण भएको थाहा पाउँने वित्तिकै सोरुकोट प्रहरी चौकीको सुरक्षा टोली घटनास्थल पठाएको प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप