किन बिहे गर्दैनन् सलमान, ५३ वर्षमा खोले यस्तो राज
मुम्बई – बलिउड अभिनेता सलमान खान ५३ वर्षका भए । विवाह गर्ने उमेर बितिसके पनि उनको बिहेको चर्चा भने कहिल्यै सकिदैन ।
हरेक वर्ष सुपरहिट फिल्म दिने सलमान बलिउडका सुपरस्टार हुन् । उनीसँग कुनै पनि चीजको कमि छैन तर पनि उनले बिहे नगर्दा धेरैलाई चासो भइरहन्छ र सबैको मनमा उब्जिने प्रश्न नै यही हो कि किन सलमान खान बिहे गर्दैनन् ।
पछिल्लो पटक फिल्म ‘भारत’मा व्यस्त रहेको सलमान खानले फिल्मको प्रमोशनको क्रममा आफ्नो व्यक्तिगत जीवनको बारेमा पनि खुलाएका छन् । उनी पारिवारिक जमघटमा धेरै बस्न मन पराउँछन् । जतिपनि समय उनी अरिरिक्त पाउँछन् पारिवारिक जमघटमा जुटिहाल्छन् ।
उनले आफ्नो परिवारबाहेक अन्य व्यक्तिलाई महत्व दिन नसकेको कारण बिहे नगरेको खुलाए । उनले आफ्नो जीवनसाथीलाई सम्मान सँगसँगै समय दिनुपर्ने भएकाले यदि त्यसो गर्न नसकेमा गलत हुने भन्दै बिहे नगरी परिवारसँग नै रमाएको बताए ।
यसैबीच, उनको फिल्म ‘भारत’ को ५ दिनमा ५ नयाँ पोस्टर रिलीज भएको छ । फिल्मको दुईवटा टिजर रिलीज भएको छ । उनको फिल्म ५ जुनमा रिलीज हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार आफ्ना कामप्रति विश्वस्त छ भने पत्रकारका प्रश्नसँग असहज किन ?
-
अमेरिकी सिनेटर लिन्ड्से ग्राहमको निधन
-
मन्त्री चौधरीद्वारा हात्ती प्रजनन तथा तालिम केन्द्रकाे निरीक्षण
-
काष्ठकलाकी सफल उद्यमी विष्णुकुमारीको प्रेरणादायी यात्रा
-
गणेश नेपाली र सुकुमबासी प्रकरणले तात्दै माइतीघर
-
स्ट्रेट अफ होर्मुज नजिक जहाजमाथि आक्रमण, एक भारतीय बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण