शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा आजैबाट मतगणना शुुरु हुने, यस्तो छ भरतपुरको मतगणनास्थल (फोटोफिचर)

शुक्रबार, २० साउन २०७४, १६ : २३
शुक्रबार, २० साउन २०७४

चितवन– शुक्रबार साँझबाट भरतपुर महानगरपलिका वडा नं. १९ र २० को मतगणना शुरु हुने भएको छ । वडानम्बर १९ मा शुक्रबार मतदानका सकिएलगत्तै मतदान सुरु गर्न लागेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । मतगणना नेपाल तेक्वान्दो संघको कवड हलमा गरिने छ । 

मतगणनाका क्रममा मतपत्र च्यातिएपछि स्थगित भएको स्थलमै पुन मत गणना गर्ने गरी तयारी थालिएको हो । शुक्रबार दिँउसोदेखि नै सो स्थलमा सरसफाई तथा ब्यवस्थापनको काम गरिएको छ । 

राजनीतिक दलहरुको सहमतिमा उक्त हलको ताला पनि आजै खोलिएको छ । सर्वदलीय समितिको सहमतिमा ताला खोलेर सरसफाई थालिएको सहायक निर्वाचन अधिकारी गंभिर घिमिरेले जानकारी दिएका छन् । भरतपुर जिल्ला समन्वय समिति अगाडि रहेको कभर्ड हलमा यसअघि मतगणना भएको थियो । 

मतगणना स्थलमा दिँउसैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । प्रहरीका ३ वटै निकायका जिल्ला प्रमुखहरु समेत मतगणना स्थलमा छन् । आयोगले शनिवारसम्म परिणाम सार्वजनिक गर्नेगरी मतगणना गर्ने जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

दंगाल संसदीय मामिला र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप