भरतपुरमा आजैबाट मतगणना शुुरु हुने, यस्तो छ भरतपुरको मतगणनास्थल (फोटोफिचर)
चितवन– शुक्रबार साँझबाट भरतपुर महानगरपलिका वडा नं. १९ र २० को मतगणना शुरु हुने भएको छ । वडानम्बर १९ मा शुक्रबार मतदानका सकिएलगत्तै मतदान सुरु गर्न लागेको मुख्य निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ । मतगणना नेपाल तेक्वान्दो संघको कवड हलमा गरिने छ ।
मतगणनाका क्रममा मतपत्र च्यातिएपछि स्थगित भएको स्थलमै पुन मत गणना गर्ने गरी तयारी थालिएको हो । शुक्रबार दिँउसोदेखि नै सो स्थलमा सरसफाई तथा ब्यवस्थापनको काम गरिएको छ ।
राजनीतिक दलहरुको सहमतिमा उक्त हलको ताला पनि आजै खोलिएको छ । सर्वदलीय समितिको सहमतिमा ताला खोलेर सरसफाई थालिएको सहायक निर्वाचन अधिकारी गंभिर घिमिरेले जानकारी दिएका छन् । भरतपुर जिल्ला समन्वय समिति अगाडि रहेको कभर्ड हलमा यसअघि मतगणना भएको थियो ।
मतगणना स्थलमा दिँउसैदेखि सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । प्रहरीका ३ वटै निकायका जिल्ला प्रमुखहरु समेत मतगणना स्थलमा छन् । आयोगले शनिवारसम्म परिणाम सार्वजनिक गर्नेगरी मतगणना गर्ने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई छिमेकी मुलुकमा परराष्ट्रमन्त्री खनालको भ्रमण : के देखियो समानता ?
-
मन्त्री पुन भन्छन्– नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार गर्न सकिन्छ
-
कक्षा ११ र १२ को छात्रवृत्तिका लागि पुनः आवेदन खुला
-
खण्डहर देउवा निवासमा टाँसियो अख्तियारले आरजुलाई बयानमा बोलाएको पत्र, तस्बिरहरू
-
युद्धकालीन उच्चबिन्दुभन्दा ३५ डलर तल झर्यो तेल
-
आगामी मौद्रिक नीतिका लागि उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशको १२ बुँदे सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण