ढुंगा भर्ने ग्याबिन जालीभित्र बसेर भरतपुरको मतगणना
जाली बहिर दलका प्रतिनिधि, एक प्रतिनिधिलाई दुई कमाण्डो फोर्स
चितवन– सर्वाधिक चासो रहेको चितवनको भरतपुर महानगरपालिकाको मतगणना शुरु गरिँदैछ । वडा नम्बर १९ मा शुक्रबार पुनः मतदान सम्पन्न भएपछि मतगणना शुरु गर्न लागिएको हो । तर मतगणना कसरी शुरु गरिँदैछ भन्ने तपाईँले अनुमान लगाउनु भएको छ ? यसअघि मतगणनाका क्रममा मतपत्र च्यातिएका कारण यो पटक एकदमै फरक ढंगले गणना शुरु गर्न लागिएको छ ।
रमाइला कुरा के छ भने यसअघि मतगणनाका क्रममा दलका प्रतिनिधिले नै मतपत्र च्यातेका कारण पुनःमतदान गर्नुपरेका कारण यो पटक प्रतिनिधिले गणकलाई छुन समेत नसक्ने गरी ब्यवस्था मिलाइएको छ ।
भरतपुरस्थित जिल्ला समन्वय समिति नजिक रहेको जिल्ला कराँते कवर्ड हलमा मतगणना गर्नका लागि बनाइएको स्थलमा सुरक्षाकर्मीको ठूलो समूह तैनाथ छ । मतगणना गर्दा गणकहरुलाई तारजालीभित्र राखेर गणना गर्ने ब्यवस्था मिलाइएको छ । उक्त तारजालीभित्र कुनै पनि दलका प्रतिनिधि जान सक्ने छैनन् ।
तालजाली भन्दा बाहिर दलका प्रतिनिधिलाई बस्ने ब्यवस्था मिलाइएको छ । एक प्रतिनिधिका पछाडि दुई कमाण्डो फोर्सका सुरक्षा तैनाथ हुनेछन् । मतगणनास्थलमा तीन वटा सीसीटीभी जडान गरिएको छ ।
शनिवावारसम्ममा वडा नम्बर १९ र गणना गर्न बाँकी रहेको २० नम्बर वडाको गणना सक्ने गरी ब्यवस्था मिलाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतगणना कबर्ड हलको चार ठाउँबाट गरिँदैछ ।
यो पनि पढ्नुस्ः
भरतपुरमा आजैबाट मतगणना शुुरु हुने, यस्तो छ भरतपुरको मतगणनास्थल (फोटोफिचर)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मी छल्न चोभारमा डुबुल्की, तस्बिरहरू
-
‘अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा थुनेर धम्क्याइयो’
-
रास्वपाले बढायो केन्द्रीय समितिको सङ्ख्या, पदेनसहित १५८ सदस्यीय
-
चोरी गरेर अमेरिकी संग्रहालय पुर्याइएको मुकुण्डो दाेलखा ल्याइयो (तस्बिरहरु)
-
सुदूरपश्चिममा रास्वपाको नयाँ नेतृत्व : पेलेर हैन, मिलेर अघि बढ्ने योजना
-
एप्पल र इन्टेलबिच अमेरिकामा चिप डिजाइन र उत्पादनका लागि साझेदारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण