भरतपुरको मतगणनास्थलमा सेनाको गस्तीदेखि प्रहरीको कुकुरसम्म (फोटोफिचर)
भरतपुर –चितवनको भरतपुर महानगर नगरपालिका वडा नं. १९ को मतगणना सकिँदा नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार देवी ज्ञवाली २ सय २१ मतले अगाडि रहेका छन् ।
यतिबेला वडा नं. २० को मतगणना भइरहेको छ । बैशाख ३१ गते भएको स्थानीय तहको चुनावमा वडा नं. २० मा ३ हजार ३ सय २० मत खसेको थियो ।
वडा नं. १९ मा नेपाली कांग्रेसको पूरै प्यानल बिजयी भएको छ । काग्रेसका कर्णबहादुर गुरुङले १४ सय ७८ मत ल्याएर बिजयी भएका छन् ।
सुरक्षा व्यवस्था कडाः सेनाको गस्ती सहित प्रहरीको कुकुर समेत परिचालन
मतगणना भइरहेको जिल्ला कवर्ड हल वरीपरी सुरक्षा व्यवस्था कडा पारिएको छ । मत गणना स्थलमा २ सय भन्दा बढी सुरक्षाकर्मी खटिएका छन् । मतगणना स्थलको चारैतिर १ सय मिटर सडकमा आवत जावत बन्द गरिएको छ ।
मतगणना भइरहेको हल बाहिरको सडकमा नेपाली सेनाले पनि गस्ति गरेको छ । यस्तै मतगणना स्थलमा नेपाल प्रहरीको कुकुर पनि परिचालन गरिएको छ ।
जिल्लाका सञ्चारकर्मीहरु मतगणना भइरहेको कबर्ड हलको बाहिर सडक छेउमा पछिल्लो मत परिणाम कुरेर बसिरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण