यसकारण २५ वर्षको उमेरमा काजोलले गरेकी थिइन् अजयसँग विवाह
बाजिगर (सन् १९९३) दिलवाले दुलहनीय ले जाएंगे (सन् १९९५), प्यार किया तो डरना क्या (सन् १९९८) र कभी खुसी कभी गम (सन् २००१) जस्ता फिल्मकी नायिका काजोल ४३ वर्षकी भएकी छिन् । ५ अगस्ट सन् १९७४ मा मुम्बईमा जन्मिएकी काजोलले सन् १९९९ मा अजय देवगनसँग विवाह गरिन् । त्यतिबेला काजोलको उमेर २५ वर्ष थियो र उनको करियर निकै राम्रो भइरहेको थियो । यस्तोमा काजोलले विवाहको निर्णय किन लिइन् ? त्यसको जवाफ उनले १७ वर्ष पछि एक अन्तर्वार्तामा दिएकी थिइन् ।
एक अन्तर्वार्तामा काजोलले जीवन र करियरमा विराम चाहेका कारण विवाहको निर्णय गरेको बताइन् ।
‘मैले काम गरेको ९ वर्ष भइसकेको थियो । हरेक वर्ष ४–५ वटा फिल्ममा काम गरिरहेकी थिएँ । मसँग सबै कुरा थियो– काम, नाम, दाम– तर आफ्नो लागि समय थिएन, न आराम । एउटा ठूलो निर्णय लिने सही समय त्यही थियो ।’
‘त्यतिबेला मैले सोचें कि अब विवाह गर्नेछु र वर्षमा एउटा मात्र फिल्म गर्नेछु ।’
अजयसँग प्रेम सम्बन्धबारे सुझाव लिन्थिन् काजोलः
एक अन्तर्वार्तामा काजोलले अजयसँगको पहिलो शट (फिल्म हलचलका लागि) दिँदा नै उनलाई यी व्यक्तिले उनको जीवनमा निकै महत्वपूर्ण भूमिका निर्वाह गर्नेबारे महसुस भएको बताइन् । यद्यपी, त्यतिबेला काजोल र अजय दुबै अन्य व्यक्तिसँगको सम्बन्धमा थिए । दुबै साथीको रुपमा समय बिताउँथे । त्यतिबेला काजोल अजयसँग आफ्नो सम्बन्ध र प्रेम जीवनबारे सल्लाह लिने गर्दथिन् र अजयले पनि उनलाई विभिन्न टिप्स दिने गर्दथे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण