गुलशन कुमारको हत्यापछि अबू सेलमले यस्तो भनेका थिए
गुलशन कुमारको हत्याले बलिउडमा तहल्का मच्चाएको थियो । उनको हत्यापछि नै अन्डरवर्ल्ड र फिल्मी उद्योगको सम्बन्धबारे पहिलो पटक उजागर भएको थियो । यो हत्याको आरोप अन्डरवर्ल्ड डन अबू सेलममाथि लागेको थियो ।
टी सिरिज कम्पनीका संस्थापक गुलशन कुमारको आज ६३ औं पुण्यतीथि हो । गुलशन कुमारको पूरा नाम गुलशन कुमार दुआ हो । उनले आफ्नो करियरको सुरुवाती दिनमा जूसको पसल खोलेका थिए । पछि उनी मुम्बई आएका थिए ।
गुलशन कुमारलाई बच्चैदेखि संगीतमा निकै रुची थियो त्यसकारण उनी उनले गीतलाई अन्य गायकको आवाजमा रेकर्ड गरेर बेच्न थाले । त्यसकारण उनी चाँडै नै क्यासेट किंग बनेर चर्चित भए ।
१२ अगस्ट सन् १९९७ मा मुम्बईको साउथ अँधेरी इलाकामा रहेको जीतेश्वर महादेव मन्दिरबाहिर १७ वटा गोली हानेर गुलशनको हत्या गरियो ।
गुलशन कुमारको हत्याको आरोप अन्डरवर्ल्ड डन अबू सलेममाथि लागेको थियो । एस हुसैन जैदीले आफ्नो किताब डोंगरी टु दुबईमा अबु सलेमले गुलशन कुमारसँग १० करोड भारु मागेको बताएका छन् । गुलशन कुमारले यत्तिका पैसा उनलाई दिनुको साटो वैष्णो देवीमा दान दिने बताएका थिए ।
स्रोतका अनुसार गुलशन कुमारको यो कुराले रिसाएका सलेमले सुटर राजामार्फत् दिन दहाडै हत्या गराएका थिए । गुलशन कुमारलाई यसअघि पनि धम्कीपूर्ण फोन आइरहेको थियो । स्रोतका अनुसार गुलशन कुमारलाई गोली हानेपछि सुटर दाउद अब्दुल मर्चेन्टले आफ्नो फोन १० देखि १५ मिनेटसम्म अन गरेका थिए ता कि गुलशन कुमार चिच्याएको आवाज अबु सलेमले सुन्न सकून् ।
एस. हुसैन जैदीले आफ्नो किताबमा गुलशन कुमारको हत्यापछि अबू सेलममाथि उनको मृत्युबारे प्रश्न सोधिएको बताएका छन् । किताबमा लेखिए अनुसार यसको जवाफमा अबूले उक्त हत्या लालकृष्ण आडवाणीले गराएकाले उसैलाई सोध्न सुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा नर्वेको सानदार सुरुवात, निरीह बन्यो इराकी टोली
-
मेस्सीको खेलको प्रतीक्षा : समूह चरणको पहिलो खेलमा अल्जेरियासँग भिड्दै अर्जेन्टिना
-
निःशुल्क हवाई उद्धारले गर्भवती र सुत्केरीलाई सहज
-
कालीकोटमा भेटियो रेडपान्डा
-
अन्तरराष्ट्रिय परिवार विप्रेषण दिवस मनाइँदै
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण