मुक्त कमैया वस्तीमा ‘नमुना अध्ययन गृह’
कैलाली–प्रदेश नम्बर ७ को कैलालीस्थित लम्कीचुहा नगरपालिकाको मुक्त कमैया वस्तीमा ‘नमुना अध्ययन गृह’ नामक बाल गृहको उद्घाटन गरिएको छ ।
सो अध्ययन गृह कमैया वस्तीका १ देखि ५ वर्ष उमेर समूहका बालबालिकाका निमित्त स्थापना भएको हो ।
५ वर्षमुनिका स्कुल नजाने बालबालिकाहरुलाई स्कुल जाने बानी बसाल्न साथै अभिभावक काममा व्यस्त हुने भएकाले उनीहरुको उचित रेखदेख गर्नलाई अध्ययन गृह स्थापना गरिएको ‘नमुना अध्ययन गृह’का अध्यक्ष जनक सुनारले बताए ।
अध्ययन गृहको लागत १७ लाख १२ हजार २४ रुपैयाँ रहेको अध्यक्ष सुनारले जानकारी दिए । जसमा ११ लाख १२ हजार २४ रुपैयाँ विभिन्न संस्था र व्यक्तिबाट उठेको रकम हो भने कमैया वस्तीका अभिभावकहरुले ७ लाख बराबरको श्रमदान गरेका हुन् ।
हाल अमेरिकामा बस्ने कैलाली लम्कीचुहा नगरपालिकाका मदन कठायतको सहयोगमा १ लाखभन्दा बढीको लागतमा बालगृह परिसरमा सरस्वतीको मन्दिर स्थापना गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण