अनौठो प्रथाः जहाँ आमाको सौता बन्न छोरीलाई बाध्य पारिन्छ
एजेन्सी – विवाहको प्राचीन कालदेखि चलिआएको एउटा संस्कार हो । विश्वकै पहिलो लिखित ग्रन्थ मानिने ऋग्वेदमा सूर्य र सूर्याको प्रसङ्गमा विवाह संस्कारका सबै वैदिक मन्त्र उल्लेख गरिएका छन् ।
विवाह संस्कारसँग सम्बन्धित सबै क्रियाकलाप ऋग्वेदमा उल्लेख छन् । अर्थात् विवाहको चलन त्यस बेला पनि प्रचलित थियो । चार वेदमध्ये सबैभन्दा पछिल्लो अथर्व वेदमा पनि विवाह संस्कारबारे उल्लेख छ ।
मानव जीवनलाई आदर्श रूपमा सञ्चालन गर्न विवाहको चलन सुरु भएको हो । हिन्दू समाजमा आफ्नो सम्पत्ति अरूलाई दान दिँदा संकल्प पढेर विधिपूर्वक दिने चलन भएजस्तै कन्याका पिताले आफ्नी छोरी अरूलाई सुम्पँदा धार्मिक विधि अपनाउने गरिएको देखिन्छ ।
त्यसैगरी, संसारमा विवाहलाई लिएर अनेक प्रथा प्रचलनमा छ । जुन सबै देशमा सामान्य रुपमा लिन सम्बभ हुँदैन ।
त्यस्तै प्रचलन छ बंगलादेशमा । जहाँका एक जनजातिको विवाहको प्रचलन निकै अनौठो छ । उनीहरुको प्रचलन अनुसार छोरीलाई नै आमाको सौता बन्न बाध्य पारिन्छ ।
बंगलादेशको दक्षिण पूर्व माधोपुर जंगलमा बासोबास गर्दै आएका वाली मन्डी जनजातिमा यो परम्परा रहेको छ । जहाँ आमा र छोरी दुवैले एउटै पुरुषसँग विवाह गर्नुपर्ने वाध्यता रहेको छ । यदि कुनै महिलाको पतिको मृत्यु पहिले भयो भने उनले आफ्ना पतिको परिवारका कुनै एक सदस्यसँग विवाह गर्नुपर्ने हुन्छ ।
त्यसैगरी, यदि कुनै महिलाको श्रीमानको कम उमेरमा नै निधन हुन्छ र उनकी छोरी हुन्छिन् भने उनीहरुको एउटै मण्डपमा एकै पतिको साथमा विवाह गरिन्छ । ती छोरी सानैदेखि नै पितासँग विवाह गर्ने सपना देख्ने गर्छिन् किनकी उनको समुदायको विवाहको प्रथा नै त्यस्तै रहँदै आएको छ ।
यो परम्परा सम्पत्तिको अंशबन्डा रोक्नको लागि निभाउने गरिन्छ । यस समुदायको मुखिया महिला हुने चलन रहेको छ । यदि कुनै युवतीले यो परम्परा तोड्ने प्रयास गरेमा सजाय दिने गरिन्छ । र, उनलाई समाजबाट निकाला गरिन्छ ।
छोरीलाई आमाले नै यस्तो परिस्थितीमा पुर्याउँछिन् कि उनी आफ्ना सौताने पिताका साथ शारीरिक सम्बन्ध बनाउँन बाध्य हुन्छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा वन्यजन्तुको आक्रमणबाट ९ वर्षमा १७ बालबालिकाको गयो ज्यान
-
ठाउँ ठाउँमा भारी वर्षा, भैरहवाको तापक्रम ४१.५ डिग्री
-
दाेलखाकाे म्याग्नेसाइट उद्योग सञ्चालनका लागि सांसद रिजालको जोड
-
गण्डकी सरकार : ११ महिनामा १३ अर्बमात्रै खर्च, एक महिनामा सकिएला ६० प्रतिशत बजेट ?
-
जी–७ शिखर सम्मेलनमा ट्रम्पले कसलाई भने– ‘म मालिक हुँ’ ?
-
शरीरलाई पानीको आवश्यकता छ छैन कसरी थाहा पाउने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण