‘सेलिब्रेटी बिरालो’ जसले भरतपुर महानगरको मतपेटिकालाई मुसाबाट जोगायो (फोटो/भिडियो)
काठमाडौँ – बिरालो पनि सेलीबे्रटी हुन्छ भन्दा तपाईलाई अनौठो लाग्ला । चितवनको भरतपुर महानगरपालिकामा एउटा बिरालो सेलिबे्रटी जस्तै बनेको छ । जिल्ला समन्वय समितिको क्यान्टिन र त्यस अगाडिको रेष्टुरेन्टमा खानेकुराको खोजीमा ओहोर दोहोर गर्ने बिरालो देख्नेबित्तिकै मान्छेहरु मोबाइल फोनबाट फोटो खिच्ने गर्छन् ।
एकजना स्थानीय पत्रकारले भने–यही हो यहाँको मतपेटिका सुरक्षा गर्ने बिरालो ।
अर्का स्थानीयले ठट्टा गर्दैै भने – त्यति धेरै मतपेटिकामा मुसा लाग्न जोगायो यसले, महानगरपालिकाले यो बिरालोलाई अब जागिर दिएर राख्नुपर्छ ।
गत बैशाख ३१ गते भएको स्थानीय तहको पहिलो चरणको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिको मतगणनाका क्रममा विवाद भएको थियो । सो क्रममा वडा नं. १९ को मतगणनाको अन्तिम समयमा आएर दलका प्रतिनिधीहरुले मतपत्र च्यातेका थिए । त्यसपछि मतगणना कार्य स्थगित भएको थियो भने तिन महिना जिल्ला खेलकुद कार्यालयको कवर्ड हलमा मतपेटिका र मतपत्र राखिएको थियो ।
मुसाबाट मतपत्र सुरक्षाका लागि सोही स्थानमा रहेका २ बिरालो परिचालन गरिएको थियो । जसमध्ये तस्विरमा रहेको बिरालो पनि एक भएको स्थानीयले जानकारी दिए । ३ महिनासम्म मतपत्र सुरक्षा गर्ने बिरोलोको रुपमा भरतपुरको यो बिरालो चर्चित रहेको छ ।
हेर्नुस् भिडियो
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण