शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पुल बनाएर खोला तर्ने, सिंगो गैंडा पनि खाइदिने डरलाग्दो कमिला

बुधबार, ०१ जेठ २०७६, १४ : ४१
बुधबार, ०१ जेठ २०७६

पुल बनाएर खोला पार गर्ने कमिला !

कमिलाको एउटा यस्तो जाति पनि हुन्छ, जसले पुल बनाएर खोलासमेत पार गर्छ !

एउटा मरेको सिंगो गैंडालाई नै तीन दिनभन्दा पनि कम समयमा सफाचट पारिदिने कमिलाको प्रजाति पनि हुन्छ !

–यो कुरा सुन्दा तपाईं हामीलाई अचम्म लाग्न सक्छ । तर यो कुरा कुनै कहानी वा कथा नभएर यथार्थ कुरा हो । यस्तो अचम्म लाग्ने कमिलाको प्रजातिको नाम हो– फौजी कमिला (Army Ant) । कमिलाको संसारमा सबैभन्दा डरलाग्दो प्रजाति हो– फौजी कमिला ।

फौजी कमिला अरु कमिलाहरु सरह नै समूहमा नै बस्छ । अर्थात्, यो पनि सामाजिक प्राणी हो । तर अरु सबै कमिलाहरुभन्दा यो कमिला के कुरामा भिन्न छ भने, यसले अन्य कमिलाहरुले जस्तो गुँड बनाउँदैन । यो कमिला एक निश्चित ठाउँमा सधैं बसिबस्दैन, यो खानेकुराको खोजीमा लगातार बसाइँ सरिबस्छ । यसरी यताउता जाने गर्दा लँडाइमा खटिएका सिपाहीहरु जस्तै, फौजी कमिला पनि अनुशासित ढंगले पंक्तिबद्ध भएर हिँडिरहेको हुन्छ । त्यसमा पनि कामदार कमिलाहरु बीचमा अण्डा र लार्भाहरु बोकेर हिँडिरहेको हुन्छ भने पंक्तिको बाहिरपट्टी लडाकू फौजी कमिलाहरुले पहरा दिएर हिँडिरहेको हुन्छ । रोचक त के छ भने, फौजी कमिलाको समूहमा कामदार कमिला पूर्ण रुपमा अन्धा हुन्छन् । ती कामदार कमिलाहरु गन्धको आधारमा पंक्तिबद्ध भएर हिँड्छन् । यसरी बसाइ सरिरहेको फौजी कमिलाको एउटै समूहमा मात्रै पनि ३ करोडसम्मको संख्यामा कमिला हुन सक्छ ।

यो कमिलाको केही प्रजाति त कतिसम्म डरलाग्दो र घातक हुन्छ भने, अफ्रिकामा पाइने केही फौजी कमिलाको समूहले त आफ्नो बाटोमा मरेको एउटा गैंडा नै फेला परे पनि त्यसलाई तीन दिनभन्दा कम समयमा नै सफाचट पारिदिन्छ ।

यसरी गुँड नबनाउने, यताउता हिँडिबस्ने यो कमिलाले आफनो बाटोमा फेला पर्ने जेसुकै जिउँदो चीजलाई पनि शिकार बनाउन पुग्छ । यस कमिलाको समूहले फेला परेपछि शिकार उम्कन गाह्रै पर्छ ।  विशेष गरी विस्तारै घस्रने सरिसृप तथा स्तनधारी  जीवहरु र मृत जनावरहरु यसको आहारा बन्न पुग्छ । तर यस कमिलाले आफ्नो बाटोमा खतरनाक माकुरा, बिच्छी जस्ता डरलाग्दा जीवहरु फेला परे पनि बाँकी राख्दैन । आकारमा २.५ सेन्टिमिटर अर्थात् १ इन्चसम्मको हुने यो फौजी कमिला शिकारलाई धुजाधुजा पारेर हज्जारौं टुक्राहरु हुने गरी टोक्छ । यो कमिलाको केही प्रजाति त कतिसम्म डरलाग्दो र घातक हुन्छ भने, अफ्रिकामा पाइने केही फौजी कमिलाको समूहले त आफ्नो बाटोमा मरेको एउटा गैंडा नै फेला परे पनि त्यसलाई तीन दिनभन्दा कम समयमा नै सफाचट पारिदिन्छ । त्यसैले के भनिन्छ भने, केही गरेर यो कमिलाको समूह अफ्रिकामा मानिस बसोबास गरेको क्षेत्र भएर आयो भने, त्यहाँ गाउँका गाउँ नै खाली हुन्छ ।

रोचक के छ भने, फौजी कमिलाका समूहभित्र श्रमिक कमिलाहरुमाझ नै पनि फौजमा जस्तै अधिकारी र सिपाहीहरु समेत हुन्छ । यस कमिलाको समूहमा अधिकारी कमिलाको हुक आकारको ठूलो बंगारा र डस्ने अंग हुन्छ । फेरि यस कमिलाले फौजले दुश्मनको क्षेत्रमा छापा मारेजस्तै गरी शिकार गर्ने गर्छ । यसरी छापा मार्दा यस कमिलाले एकैचोटी १४ मिटर (४५ फिटभन्दा बेसी) क्षेत्रलाई घेराउ गर्छ र एक मिनेटमा करीब ३० सेन्टिमिटरको दूरी पार गर्दै आक्रमण गर्छ । यसरी छापा मार्दा यस कमिलाले घेराउ गरेको क्षेत्रभित्र रहेका कीरा फट्यांग्राहरु, विच्छी, माकुरा, सर्प, उड्न नसक्ने चराहरु जीवित बच्न मुश्किलै पर्छ । यसले फेला परेका जति सबै जीवहरुलाई टोकेरै मार्छ ।

बाटोमा समूहबद्ध भएर हिँडिरहेको बेला कुनै खोला नाला आइपर्यो भने यो कमिलाले गुँड बनाएकै तरीकाले एकापसमा खुट्टाहरु जोडेर जीवित पुल नै बनाउँछ, जसले गर्दा अन्य कमिलाहरु त्यो पुल भएर ती खोलानालाहरु समेत पार गर्छन् ।

लगातार बसाइ सरिरहने प्रवृत्तिको भए पनि यो कमिलाले कुनै स्थानमा विश्राम गर्दा वा अस्थायी बसोबास गर्दा दशौं हजार कमिलाहरु मिलेर आ–आफ्ना खुट्टाहरु एकआपसमा जोडेर एउटा ठूलो गोला ९द्यबिि० बनाउँछ । यसरी कमिलाहरु मिलेर बनेको गोलाको भित्र अन्य फौजी कमिलाहरु र बीचोबीचमा रानी कमिला सुरक्षित रुपमा बसेको हुन्छ ।

https://www.youtube.com/watch?v=-xhZDzn3UxQ

बाटोमा समूहबद्ध भएर हिँडिरहेको बेला कुनै खोला नाला आइपर्यो भने यो कमिलाले गुँड बनाएकै तरीकाले एकापसमा खुट्टाहरु जोडेर  जीवित पुल नै बनाउँछ, जसले गर्दा अन्य कमिलाहरु त्यो पुल भएर ती खोलानालाहरु समेत पार गर्छन् । रोचक कुरा के छ भने, यो प्रजातिका कमिलाहरु पानीभित्र समेत १८ घण्टासम्म डुबेपनि मदैन, जीवित नै रहन सक्छ ।

गुँडमा नबसे पनि यो फौजी कमिलामाझ पनि अन्य कमिलाहरुमा जस्तै काम र जिम्मेवारीको राम्रो बाँडफाँड भएको हुन्छ । त्यसैगरी, यसो कमिलाले पनि खानेकुराहरु बाँडचुँड गरेर खाने गर्छ । कतिसम्म भने, यदि एउटा कमिला भोकाएको छ तर अर्को कमिला टन्न पेट छ भने, टन्न पेट हुने कमिलाले भोकाएको कमिलाको लागि आफ्नो पेटबाट खानेकुरा ओकलेर खान दिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप