छपक्कै ढाकियो भरतपुरको सडक गठबन्धनको विजयी र्यालीले (फोटोफिचर)
आइतबार, २२ साउन २०७४, १५ : ४६
चितवन । चितवनको भरतपुरमा माओवादी केन्द्रबाट मेयर र नेपाली काँग्रेसबाट उपमेयरमा जित दर्ता भएसँगै आइतबार विजय र्याली निकालिएको छ । भरतपुरको चौबिस कोठीबाट पुल्चोकसम्म नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताहरुले विशाल र्याली गरेका हुन् ।
र्यालीमा नवनिर्वाचित महानगरपालिका प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह सहित अन्य जनप्रतिनिधीहरुलाई अबिरजात्रासहित नगर परिक्रमा गराइएको हो ।
बिजय र्यालीलाई माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरुले संबोधन गरेका छन् ।
कार्यक्रममा बोल्दै महानगर प्रमुख रेणु दाहालले जनताले दिएको अमुल्य मत खेर जान नदिने प्रतिबद्धता जनाइन् । अहिले केही बेर पछि जिल्ला समन्वय समितिको हलमा भरतपुर महानगरपालिकाका १ सय ४५ जनप्रतिनिधीहरुलाई सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
-
इन्फ्लुएन्सर ओरी एउटै रिलको ७६ लाख लिन्छन्, विवाहमा पाहुना बन्न २५ लाखसम्मको शुल्क
-
नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
-
रास्वपा महाधिवेशन : मधेस र निर्वाचन हुन नसकेका जिल्लाका लागि विशेष व्यवस्था
-
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण