क्याटलान अवार्डद्वारा मेस्सी सम्मानित
एजेन्सी - अर्जेन्टिनी स्टार लियोनल मेस्सीलाई क्याटलान सरकारले ‘क्रेउ डे सान्ट जोर्डी–२०१९’ अवार्डबाट सम्मान गरेको छ । बार्सिलोनाका कप्तान मेस्सीलाई फुटबलको माध्यामबाट क्याटलान क्षेत्रको प्रतिष्ठा विश्वभर फैलाएको भन्दै यस अवार्ड प्रदान गरिएको हो । स्पेनको एक स्वायत्त क्षेत्र (राज्य) का रूपमा मान्यता प्राप्त क्याटलान सरकारले प्रदान गर्ने यस अवार्ड ‘क्याटलान अवार्ड’का नामले पनि परिचित छ । यस अवार्डलाई क्याटलान सरकारको सबैभन्दा सम्मानित र ठूलो अवार्ड मानिन्छ ।
फुटबलका माध्यमबाट क्याटलानको समृद्धिमा योगदान दिएको, विभिन्न च्यारिटी तथा सामाजिक कार्यमार्फत समाजलाई उच्च योगदान दिएकाले मेस्सील यस अवार्डको हकदार बनेको उल्लेख गरिएको छ । क्याटलानका राष्ट्रपति क्विम टोरराले मेस्सीलाई अवार्ड प्रदान गरेका थिए । अवार्ड ग्रहण समारोहमा मेस्सी परिवारसहित गएका थिए ।
यस अवार्ड पाउने मेस्सी दोस्रो फुटबलर बनेका छन् । यसअघि सन् २००६ मा फुटबलर जोन क्रुइजफलाई यस अवार्ड प्रदान गरिएको थियो । अवार्ड समारोहमा बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्तोमेउलगायत क्लबका अन्य अधिकारी पनि सहभागी थिए । युरोपियन च्याम्पियन्स लिगबाट बार्सिलोना बाहिरिएपछि केही निराश देखिएका मेस्सी यस अवार्ड थाप्दा हँसिलो देखिन्थे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो— कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ
-
इरानी आक्रमणपछि बेपत्ता भारतीय इन्जिनियरको मृत्यु
-
सवारी नवीकरण गर्दा अबदेखि चालक र सहचालकको कर कट्टी प्रमाण अनिवार्य
-
छोटो अवधिमै ठुलो परिवर्तनको अपेक्षा गर्नु व्यावहारिक हुँदैन: सांसद खरेल
-
आइतबारको सार्वजनिक बिदा तत्काल खारेज गर्न विद्यालय व्यवस्थापन समिति महासंघको माग
-
श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि अनुमोदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण