एमालेको बहिस्कारबीच भरतपुर महानगरपालिकाको सपथ ग्रहण
चितवन । नेकपा एमालेका निर्वाचित जनप्रनिधिको बहिस्कारबीच भरतपुर महानगरपालिकाको सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको छ । सपथ ग्रहण कार्यक्रममा एमालेका निर्वाचित प्रतिनिधिहरु उपस्थित नभएपछि तीन बजे गर्ने भनेको सपथ ग्रहण कार्यक्रम ५ बजेपछि शुरु गरिएको हो।
जिल्ला समन्वय समितिको कार्यालयमा यतिबेला माओवादी केन्द्र र नेपाली काँग्रेसका जनप्रतिनिधिहरु मात्र रहेका छन् ।
मतपत्र च्यातिएको विवादपछि भरतपुर वडा नम्बर १९ मा साउन २० गते भएको पुनः मतदान पछि माओवादी केन्द्रकी रेणु दाहाल मेयर तथा उपमेयरमा नेपाली काँग्रेसकी पार्वती शाह विजयी भएकी थिइन् ।
भरतपुर वडा नम्बर १० बाट एमालेबाट निर्वाचित वडाअध्यक्ष अरुण भण्डारीले रातोपाटीसँग कुरा गर्दै भने, ‘धाँधली गरेर जितेका प्रमुख र उपप्रमुखसँग हाम्रा जनप्रतिनिधिले सँगै बसेर सपथ खान सक्दैनन् ।’
एमालेले भरतपुरमा १४ वटा स्थानीय तह जितेको छ जसमा एमालेका ९८ जनप्रतिनिधि निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला
-
आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक शर्माको दुई वटा भ्रष्टाचार मुद्दामा सुनुवाइ सुरु
-
मधेस प्रदेश सरकार : ११ महिनामा २१ प्रतिशत बजेट खर्च
-
‘रोल नं १’ को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
-
सेलिब्रेटी माझ ‘आई एम जितबहादुर’ को प्रिमिएर
-
दक्ष जनशक्ति हटाएर राज्यलाई कमजोर बनाउने खेल भइरहेको छ : रावल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण