सरकारी विज्ञप्ति : आरोहीहरुको मृत्युको एकमात्र कारण आरोहण मार्गमा रहेको चाप होइन
पर्यटन विभागले सगरमाथा आरोहणका सम्बन्धमा सामाजिक सञ्जालबाट दुष्प्रचार भएको भन्दै आपत्ति जनाएको छ ।
आइतबार एक विज्ञप्ति जारी गर्दै विभागले सगरमाथा हिमालको आरोहणका क्रममा मृत्यु भएका आरोहीहरुको विषयलाई लिएर सामाजिक सञ्जालबाट नियम विपरित धारणा फैलाउने तथा पुराना फोटो तथा भिडियो प्रयोग गरेर सगरमाथाको गरिमा र महत्वलाई होच्याउने काम भएकोमा गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
विभागले भनेको छ– ‘आरोहीको मृत्युको कारण वैज्ञानिक पद्धतिबाट मात्र पहिचान गर्न सकिने विषय भएकोले यस्ता गंभिर विषयप्रति आफ्ना धारणा सार्वजनिक गर्नुपूर्व सवैले ध्यान पु¥याई यस विभागको महत्त्वपूर्ण र संवेदनशील मानिने पर्वतारोहण कार्यमा सबैको सहयोगको अपेक्षा गरेको छु ।’
हालै सामाजिक सञ्जाल फेसबुकमा एक बिदेशी आरोहणकर्ताले सगरमाथा शिखरमा हस्तमैथुन गरेको भनिएको फोटो भाइरल भइरहेको छ । सो बारेमा विभागले स्पष्ट रुपमा खण्डन नगरेपनि पुराना फोटो प्रयोेग गरेर सगरमाथाको गरिमालाई होच्याउने काम गरेको भन्दै त्यसप्रति संकेत गरेको छ ।
यो वर्ष मौसम प्रतिकूल भएका कारण बैशाख ३१ गतेदेखि सगरमाथामा डोरी टाँग्ने काम गरेको र बैशाख २ गते कम संख्याका आरोहीले सगरमाथा आरोहण गरेको, बैशाख ७ देखि १० गतेसम्म मौसम अनुकुल रहेपनि बैशाख ७ गते आरोहणको योजना बनाएकाहरु हावाहुरीका कारण चौथो शिविरमै बस्न बाध्य भएको विभागको भनाई छ ।
बैशाख ८ र ९ गते सगरमाथाको चौथो शिविर र त्यो भन्दा माथि केही बाक्लो संख्यामा आरोहीहरु रहेको भएपनि आरोहीहरुको मृत्युको एकमात्र कारण आरोहण मार्गमा रहेको चाप मात्र हो भन्ने धारणाले प्रचार गर्नु दुःखपूर्ण रहेको विभागले बताएको छ ।
विभागका अनुसार यसवर्ष सगरमाथा आरोहणका लागि जाँदा तथा फर्कदा आरोही, शेर्पा, सरदारको मृत्यु तथा हराएकाहरुको संख्या १६ पुगेको छ ।
यसवर्ष हालसम्म ३२ वटा हिमालका लागि १ सय १६ आरोहण अनुमतीपत्रि मार्फत ८ सय ९५ जनालाई हिमाल आरोहणको अनुमतिपत्र दिइएको छ । यस्तै ४४ अनुमतिपत्र मार्फत ३ सय ८१ आरोहीलाई सगरमाथा आरोहणको अनुमतिपत्र दिइएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा प्रतिपक्षी नेकपाले भन्यो- कांग्रेसले चाहे सत्ता सहकार्यको ढोका खुला छ
-
इरानी आक्रमणपछि बेपत्ता भारतीय इन्जिनियरको मृत्यु
-
सवारी नवीकरण गर्दा अबदेखि चालक र सहचालकको कर कट्टी प्रमाण अनिवार्य
-
छोटो अवधिमै ठुलो परिवर्तनको अपेक्षा गर्नु व्यावहारिक हुँदैन: सांसद खरेल
-
आइतबारको सार्वजनिक बिदा तत्काल खारेज गर्न विद्यालय व्यवस्थापन समिति महासंघको माग
-
श्रम निरीक्षण सम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठनको महासन्धि अनुमोदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण