सलमान खानको ‘किक टु’ को निर्देशन गर्नेछन् रोहित शेट्टी ?
बलिउड निर्देशक रोहित शेट्टी र सलमान खान कुनै फिल्ममा काम गर्ने खबर केही समय अघि सार्वजनिक भएको थियो । भारतको प्रोमोशनको क्रममा सलमानले रोहितसँग एउटा प्रोजेक्टमा कुरा भइरहेको बताउँदै सबै कुरा मिले चाँडै नै यसबारे मिडियालाई जानकारी दिने बताएका थिए ।
भारतीय मिडियाले केही स्रोतलाई हवाला दिँदै लगभग १ वर्षसम्म ‘किक टु’ को स्क्रिप्टमा काम गरेपछि निर्माता साजिद नाडियाडवालाले यसलाई फाइनल गरेको जानकारी दिएको छ । उक्त फिल्ममा एक पटक पुनः सलमान खान र ज्याकलिन फर्नान्डिसको जोडी हुने बताइएको छ भने फिल्मको निर्देशनका लागि रोहित शेट्टीलाई अप्रोच गरिएको छ ।
रिपोर्टमा यो पनि भनिएको छ कि रोहित आफैंसँग पनि फिल्मको स्क्रिप्ट छ जसमा उनी सलमानको अभिनय चाहन्छन् । यदि किक टु निर्देशनमा सहमती बन्न नसकेको अवस्थामा कुनै अन्य फिल्ममा पनि यी दुई काम गर्न सक्ने सम्भावना देखिएको भारतीय मिडियाले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
-
वन तस्करीमा बरामद सवारी साधन लिलामी गरिँदै
-
अमेरिका र इरानबिचको युद्धविराम सङ्कटमा : के फेरि सुरु होला शान्ति वार्ता ?
-
न्युजिल्यान्ड र भारतबिच ‘रणनीतिक साझेदारी’ घोषणा
-
वर्षा नहुँदा रौतहटका खेत बाँझै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण