२३ तस्बिरमा हेर्नुहोस् गाईजात्रा
काठमाडौं–गाइजात्रा हास्यव्यंग्य र ख्यालठट्टासहित मृतात्माको शान्तिको कामना गर्दै आज काठमाडौँ उपत्यका र नेवार समुदायको बाक्लो उपस्थिति रहेका मुलुकका मुख्य मुख्य शहरमा आज धुमधामका साथ गाईजात्रा पर्व मनाइँदैछ ।
यो पर्वमा एक वर्ष भित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रुपमा सिँगारी आ–आफ्ना टोलमा परिक्रमा गराउने र उनीहरुलाई श्रद्धालुद्धारा दूध, फलफूल, रोटी, चिउरा दहीका साथै अन्न र द्रव्य दान गर्नेगरिन्छ ।
यसो गर्नाले वर्ष भरी मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन भन्ने धार्मिक विश्वास रहि आएको छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल आफनी रानीलाई दुनियाँले पनि यस्तो शोक व्यहोर्नुपर्छ भन्ने देखाउन जनतालाई पनि आ–आफना मरेका व्यक्तिको नाममा गाई जात्रा निकाली सहर परिक्रमा गराउनू भनि आदेश दिएकोमा यतिले पनि रानीको मन शान्त नभएपछि विभिन्न प्रकारका प्रहसन तथा व्यंगात्मक कार्यक्रम पनि गराउने आदेश दिएअनुसार जात्राको प्रचलन चलेको बताईन्छ ।
देशका विभिन्न सहरमा गाईजात्रा मनाइएपनि काठमाडौं उपत्यकामा यसको विशेष रौनकता पाईन्छ । यस पर्वमा प्रहसन, सामाजिक विसंगति विरुद्ध व्यंग्यात्मक प्रर्दशन, नाचगान तथा दिवंगत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गीत पनि गाउने गरिन्छ ।
जात्रामा समाजमा विद्यमान विकृति र विसंगति उजागर गर्न सार्वजनिक रुपमा विभिन्न कार्यक्रममा आयोजना हुँदै आएको छ । जात्राका क्रममा पाटनमा देखाईने सत्ययुगको धानचालमको नमूना तथा काठमाडौंको ठमेलमा स्वर्ण र रजताक्षरमा लेखिएका पुस्तक विशेष दर्शनीय मानिन्छ ।
यसैबीच र्कीर्तिपुरमा फरक ढंगले गाइजात्रा मनाइएको छ । पृथ्वी नारायण शाहले कीर्तिपुर आक्रमण गर्दा स्थानीय एक परिवारले सहयोग गरेको र उनीहरुले सहयोग गरेको सजायस्वरुप परिवारकाै फरक फरक आकृति बनाएर गाइजात्रामा देखाउने गरिएको छ ।
गाईजात्रा पर्व काठमाडौं उपत्यका लगायतका बनेपा, धुलिखेल, पनौति, बाह््रविशे, चरिकोट, त्रिशुली बजार, दिक्तेल, भोजपुर, इलाम, विराटनगर, विरगंज, हेटौडा र पोखरा लगायत स्थानमा मनाइन्छ । यसै अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक विदा समेत दिने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण