सलमान खानले सुनिल ग्रोवरपछि अब कपिल शर्मालाई यो फिल्ममा भूमिका दिने
कपिल शर्मा र सुनिल ग्रोवरको दोस्ती भलै टुटिसकेको छ तर आजकाल दुबैको प्रतिभालाई सलमान खानले उजागर गर्ने काम गरिरहेका छन् । भारतमा सुनिल ग्रोवरलाई सशक्त भूमिका दिएपछि सलमान खानले कपिल शर्मालाई पनि फिल्ममा काम दिने योजना बनाइरहेका छन् ।
भारतीय मिडिया आइरहेको रिपोर्ट अनुसार कपिल शर्मा शोलाई निर्माण गरेपछि सलमानले कपिल शर्मालाई फिल्ममा काम दिने योजना बनाइरहेका छन् । फिल्मको नाम हुनेछ शेरखान । वास्तवमा, सलमान आफ्नो कान्छा भाइ सोहेल खानको शेरखानलाई सुरु गर्ने तयारी गरिरहेका छन् । फिल्म निकै लामो समयदेखि रोकिएको छ । यो प्रोजेक्ट स्क्रिप्ट फाइनल नभएका कारण ढिला भइरहेको थियो ।
हुन त फिल्ममा कपिल शर्मा हुनुको एउटा विशेष कारण पनि छ । जब कमेडी सर्कसमा कपिल प्रतिस्पर्धीको काम गरिरहेका थिए त्यतिबेला सोहेलले कपिललाई आफ्नो नयाँ फिल्म शेरखानमा पक्कै पनि अनुबन्ध गराउने वचन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
-
वन तस्करीमा बरामद सवारी साधन लिलामी गरिँदै
-
अमेरिका र इरानबिचको युद्धविराम सङ्कटमा : के फेरि सुरु होला शान्ति वार्ता ?
-
न्युजिल्यान्ड र भारतबिच ‘रणनीतिक साझेदारी’ घोषणा
-
वर्षा नहुँदा रौतहटका खेत बाँझै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण