सलमानले भने, ‘भारत मेरो करियरको सबैभन्दा ठूलो फिल्म तर कटरिनाको लागि होइन’
बलिउड अभिनेता सलमान खानको भारतले धमाकेदार सुरूवात गरेको छ र यसबाट सलमान निकै खुसी भएको कुरा कसैबाट लुक्न सकेको छैन ।
सलमानले भारतको सफलतामा खुसी भएर केही मिठाई पनि खाएको खबर आएको थियो । खानपिनमा विशेष ध्यान राख्ने उनी साधारणतया यसो नगर्ने भारतीय मिडियाले दाबी गरेको छ । वर्षको सबैभन्दा ठूलो ओपनिंग गर्ने फिल्म बनेपछि फिल्म भारत २०० करोड कमाउन अघि बढिरहेको छ । यद्यपि सलमानलाई यो राम्रोसँग थाहा छ कि भारत उनको करियरको सबैभन्दा ठूलो ओपनिंग गर्ने फिल्म हो तर यो कटरिना कैफको करियरको सबैभन्दा ठूलो ओपनिंग गर्ने फिल्म होइन । हालै जूम टिभीलाई दिएको अन्तरवारतामा सलमानले यसबारे कुरा गरेका छन् ।
अन्तरवार्ताको क्रममा सलमानले दर्शकलाई भारतको सफलताका लागि पुनः एकपटक धन्यवाद दिए र कटरिनामाथि व्यंग्य गर्दै भने, ‘मेरो करियरको सबैभन्दा ठूलो ओपनिंग गर्ने फिल्म हो र यसमा मसँग कटरिना पनि थिइन् तर कटरिनाको करियरको सबैभन्दा ठूलो फिल्म यो नभई अरु कुनै हो । ’
कटरिनाले भनिन्, ‘उनले थग्स अफ हिन्दोस्ताबारे कुरा गरिरहेका छन् तर फिल्म हिट पनि हुनुपर्छ । ’
स्मरण रहोस्, सलमान खानको फिल्म भारतले आफ्नो रिलिजको पहिलो दिन नै ४२.३ करोडभन्दा बढी कमाएको थियो । यो फिल्मसँगै सलमानले आफ्नो फिल्म प्रेम रतन धन पायोको रेकर्ड तोडेका छन् । यो फिल्मले रिलिजको पहिलो दिन लगभग ४० करोड कमाएको थियो । यद्यपि, सलमानको भारतले आमिर खानको फिल्मको रेकर्ड तोड्न सकेन । आमिर, अमिताभ बच्चन र फातिमा शेख स्टारर फिल्म थग्स अफ हिन्दोस्तानले आफ्नो रिलिजको पहिलो दिन नै ५० करोड कमाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोटर आईडी कार्ड विवादमा अभिनेता प्रकाश राजलाई अदालतबाट राहत
-
ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ
-
डङ्की : सपनाको मूल्य र सीमाको सन्त्रास
-
गणेश नेपालीलाई शहीद घोषणा गर्न मिराज ढुङ्गानाको माग
-
आँधीका कारण ताइवानमा हजारौँ विस्थापित
-
सार्वजनिक यातायातका समस्या समाधान गर्न बागमती प्रदेश सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण