कलंक फिल्म फ्लप भएपछि वरुण धवनले भने, ‘यो फिल्म चल्न लायक नै थिएन’
लगातार ११ वटा हिट फिल्म दिएपछि वरुण धवनको कलंक बक्स अफिसमा नराम्रोसँग फ्लप भयो । उनका पछिल्ला दुई फिल्म ‘अक्टोबर’ र ‘सुई धागा’ ले समिक्षकको राम्रो प्रतिक्रिया नपाए पनि फिल्मले बक्स अफिसमा ठिकै व्यापार गर्यो । वरुण धवनले कलंक फ्लप भएपछि आफू निकै प्रभावित भएको तर यसमार्फत् आफूले अनुभव पनि पाएको बताए ।
अभिषेक वर्मनको निर्देशन र करण जोहरको निर्माणमा बनेको फिल्म कलंकले समिक्षकको नकारात्मक टिप्पणी पाउनुका साथै दर्शकले पनि यसलाई खासै रुचाएनन् । समाचार एजेन्सी पिटिआईसँगको कुराकानीमा वरुण धवनले भने, ‘यसले मलाई प्रभावित पार्यो । फिल्मलाई जनताले खासै मन पराएनन् । र यो चल्न लायक नै थिएन । कुरा सिधा छ, यदि फिल्म जनतालाई मन परेको भए यो चल्नुपर्दथ्यो ।’
वरुणले भने, ‘जनतालाई कलंक मन परेन । यो मेरो लागि एउटा पाठ हो । मैले यसमार्फत् सिकेँ । धेरैपटक सोचेको अनुसार काम हुँदैन र सबैकुरा गलत हुने गर्छ । म पहिलो पटक असफलताबाट गुज्रिएको हुँ र यसले मलाई निकै प्रभावित गर्यो । यदि प्रभावित नभएको भए मलाई आफ्नो फिल्मसँग प्रेम थिएन भन्ने बुझ्नुपर्छ ।’
‘मलाई कलंकले प्रभावित बनायो, यसमा नै म खुसी छु । अब म ठिक छु । म आफ्नो अर्को फिल्म स्ट्रिट डान्सरका लागि निकै उत्साहित छु र कुली नम्बर वानको पनि प्रतिक्षामा छु ।’
स्मरण रहोस्, वरुण धवनलाई शशांक खेतानको फिल्म रणभूमिका लागि पनि फाइनल गरिएको छ । यद्यपि, अहिले उनी स्ट्रिट डान्सरमा पूर्ण रुपमा व्यस्त छन् । फिल्म अर्को वर्ष जनवरी २४ मा रिलिज हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बझाङ जिप दुर्घटना : ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
-
आदर्शका अग्निशिखा : बीपी, सुवर्ण, गणेशमान, कृष्णप्रसाद र गिरिजाबाबुबाट नयाँ पुस्ताले के सिक्ने ?
-
बझाङमा जिप दुर्घटना
-
भियतनाममा भारतीय पर्यटक सवार स्पिडबोट पल्टिँदा १५ जनाको मृत्यु
-
गोल मेसिनको भिडन्त : ह्यारी केन र अर्लिङ हालान्डमध्ये तपाईं कसलाई रोज्नुहुन्छ ?
-
माइखोला बेलासेमा बेलीब्रिज जडान, सवारी सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण