शनिबार, ०२ साउन २०८३
ताजा लोकप्रिय

विश्वविद्यालयका रजिष्ट्रारको गाडीमा ढुंगा प्रहार, विश्वविद्यालयबाटै निश्काशित भए नेबिसंघका केन्द्रीय नेता

शुक्रबार, ०२ असार २०७४, २२ : २३
शुक्रबार, ०२ असार २०७४

हेमन्त केसी 

सुर्खेत– मध्यपश्चिमाञ्चल विश्वविद्यलयका रजिष्टार महेन्द्रकुमार मल्लको गाडीमा ढुंगा प्रहार गरिएको छ । विश्वविद्यालयको आवास क्षेत्र नजिकै रहेको विस्तारित कार्यालयमा पार्किङ्ग गरेको गाडीमाथि आन्दोलनरत असन्तुष्ट विद्यार्थीहरुले शुुक्रवारे ढुंगाप्रहार गरी तोडफोड गरेका हुन् । 

नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य अनिल शाहीको नेतृत्वमा विस्तारित कार्यालयमा पुगेको टोलीले रजिष्टार चढ्ने बा १७ च ४२५५ नम्बरको गाडीमाथि ढुंगा प्रहार गरेको विश्वविद्यालयले आरोप लगाएको छ । 

यता विभिन्न माग राख्दै आन्दोलनरत विश्वविद्यालयका आठ विद्यार्थी संगठनहरुले भण्डाफोर कार्यक्रम अन्तरगत उपकुलपतिको गाडी तोडफोड गरेको प्रतिक्रिया दिएका छन् । आन्दोलनरत तथा नेविसंघका केन्द्रीय सदस्य शाहीले ८ वटै विद्यार्थी संगठनहरुको अगुवाइमा गाडीमाथि ढुंगा प्रहार गरेको जानकारी दिए । 

एक सातादेखि विश्वविद्यालयका विद्यार्थीहरूले विश्वविद्यालयलाइ व्यवस्थित र साझा शैक्षिक संस्थाको रुपमा सञ्चालन गरिनुपर्ने, आंगिकरुपमा सम्बन्धन दिने भनिएका क्याम्पसहरुलाई सम्बन्धन दिई तत्काल सञ्चालनमा ल्याउनुपर्ने लगायतका माग अघि सारेर आन्दोलनरत गरिरहेका छन् ।
 

विद्यार्थी नेता शाही निस्काशित

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले रजिष्टारको गाडी तोडफोडमा संलग्न भएको भन्दै विद्यार्थी नेता अनिलकुमार शाहीलाई निष्काशन गरिदिएको छ । नेविसंघका केन्द्रीय सदस्यसमेत रहेका शाहीका नेतृत्वमा गएको टोलीले रजिष्टारको गाडी तोडफोड गरेको भन्दै विश्वविद्यालयको पदाधिकारीहरुको शुक्रबार बसेको आकस्मिक बैठकले शाहीलाई निष्काशन गर्ने निर्णय गरेको हो । 

विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाको अध्यक्षतामा बसेको पूर्ण बैठकले गाडी तोडफोडको घटनाप्रति भत्र्सना गर्दै शाहीलाई निष्काशन गर्ने निर्णय गरेको विश्वविद्यालयका सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए । 

बैठकमा विश्वविद्यालयका उपकुलपतिसहित रजिष्ट्रार डा. महेन्द्रकुमार मल्ल, पाँच वटै सङ्कायक डीनहरू, चार वटै निर्देशनालयका निर्देशकहरू, सहायक डीनहरू, सबै क्याम्पसका क्याम्पस प्रमुखहरू, कार्यक्रम निर्देशकहरू, सहायक क्याम्पस प्रमुखहरू, सम्मिलित विश्वविद्यालय पदाधिकारीहरूको उपस्थिति थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप