‘सोनपरी’ बाट चर्चित भएकी थिइन् झनक, १९ वर्षपछि चिन्न नै मुश्किल
बुधबार, ०४ असार २०७६, १० : २४
१९ वर्ष अघि टिभीको दुनियाँमा झनक शुक्लाको तोते बोली थियो । ९० को दशकमा टिभीमा उनको राज चल्थ्यो । उनी सबैभन्दा चर्चित बाल कलाकारको रुपमा परिचित थिइन् । ‘करिश्माका करिश्मा’ र सोनपरीजस्ता कार्यक्रममा उनको निकै चर्चा भयो ।
करिश्माका करिश्मा कार्यक्रममा उनी एक यस्तो बालिकाको भूमिकामा थिइन् जो रोबोट थिइन् । उनको यो भूमिका दर्शकलाई निकै मनपर्यो ।
वाल्यकालमा अभिनयको दुनियाँमा आफ्नो जादु चलाउने झनक अचानक पर्दाबाट टाढिइन् । सोनपरीपछि उनी पर्दामा देखिइनन् ।
झनकले पर्दामा फिर्ता हुने कुनै पनि योजना नभएको बताएकी छिन् । उनी अहिले आफ्नो पढाईमा केन्द्रित भएको बताउने गर्छिन् । इन्स्टाग्राममा उनका थुप्रै तस्बिर छन् जसमा उनलाई चिन्नै मुश्किल छ ।
झनक भविष्यमा समाजसेवी बन्न चाहन्छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
-
नाइजेरियामा सेनाको कारबाहीमा ३०० भन्दा बढी विद्रोहीको मृत्यु
-
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २८ जना पक्राउ
-
कीर्तिपुरको होल्डिङ सेन्टरबाट ३ जना जेनजी अभियन्ता नियन्त्रणमा
-
मधेसमा लागुऔषधको दलदल : खुला सीमा र फितलो निगरानीले युवा पुस्ता जोखिममा
-
भिजेर गले किताबकापी, अब के पढ्ने, कता जाने ? (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण