जब मिडियाको अगाडि नै जया बच्चनले करिश्मा कपुरलाई बुहारी भनेकी थिइन्
बलिउड नायिका करिश्मा कपुर अहिले फिल्मी क्षेत्रबाट निकै टाढा छिन् तर हिन्दी सिनेमामा उनको विशेष स्थान छ । उनी कपुर खानदानकी पहिलो छोरी हुन् जसले फिल्ममा काम गरिन् । ९० को दशकको सबैभन्दा चर्चित र सर्वाधिक कमाई गर्ने नायिका करिश्मा कपुरको आज (२५ जून) जन्मदिन हो । यो मौकामा उनीसँग जोडिएका केही रोचक किस्सा थाहा पाऔं ।
अभिनयका लागि छोडिन् पढाईः
करिष्मा कपुर दिग्गज कलाकार राजकपुरकी नातिनी र नायक रणधीर कपुरकी छोरी हुन् । उनकी आमा बबिता पनि आफ्नो जमानाकी चर्चित नायिका हुन् । करिश्मा फिल्म इन्डष्ट्रिमा आउनका लागि स्कूल नै छोडिन् । रिपोर्टलाई मान्ने हो भने उनले ६ कक्षापछि पढाई छोडेकी थिइन् । प्रेम कैदी उनको पहिलो फिल्म हो ।
सुरुवातमा झेलिन् आलोचनाः
करिश्मा कपुरले विभिन्न सुपरहिट फिल्ममा काम गरिन् तर फिल्मी परिवारको हुँदा पनि उनलाई दर्शकले सजिलै स्विकार गरेनन् । सुरुवातमा उनको लुक्स र अभियानका साथै बोल्ने तरिकाको आलोचना गरियो । फिल्म राजा हिन्दुस्तानी उनको करियरको टर्निङ पोइन्ट बन्यो । त्यसपछि उनका थुप्रै फिल्म हिट भए ।
... र त्यसपछि करिश्माले करिश्मा गरिन्
उनले अजय देवगन, अक्षय कुमार, गोबिन्दाजस्ता अभिनेतासँग विभिन्न सुपरहिट फिल्म दिइन् र सन् १९९०–२००० को समयमा सबैभन्दा धेरै पारिश्रमिक पाउने नायिका बनिन् ।
अजय देवगनसँग पनि जोडिएको थियो नाम
आफ्नो करियरको क्रममा उनको नाम विभिन्न नायकसँग जोडियो । जिगर को–स्टार अजय देवगनसँग पनि उनको अफेयरको खबर आयो तर यसबारे कुनै आधिकारिक घोषणा भएन ।
अभिषेकसँग इन्गेजमेन्टको खबरः
अभिषेक बच्चनसँग करिश्मा कपुरको इन्गेजमेन्टसम्मको घोषणा भएको थियो तर यो केही महिनापछि नै टुट्यो ।
जयाले बुहारी भनेर अँगालो हालेकी थिइन्ः
अमिताभ बच्चनको ६० औं जन्मदिनमा आयोजित एक कार्यक्रममा जया बच्चनले करिश्मालाई बुहारी भनेर बोलाएकी थिइन् र उनलाई अँगालो पनि हालेकी थिइन् । जयाले कपुर र बच्चन परिवार चाँडै नै एक हुन लागेको बताएकी थिइन् ।
र टुट्यो सम्बन्धः
यद्यपि, केही समयपछि यो सम्बन्ध टुट्यो । जया बच्चनले एक अन्तरवार्ताको क्रममा दुई परिवार नभई अभिषेकका कारण नै उक्त सम्बन्ध टुटेको र आफूले भारी मनले यो सम्बन्ध तोडेको बताएकी थिइन् । खबरका अनुसार अभिषेक फिल्ममा सफल हुन सकिरहेका थिएनन् जसका कारण करिश्माकी आमाले छोरीले संघर्ष गर्न नपरोस् भनेर सम्बन्ध तोडेको पनि बताइन्छ । आमा बबिताको जिद्दीका कारण करिश्माले सम्बन्ध तोडेको पनि रिपोर्टले बताएको छ ।
त्यसपछि गरिन् व्यवसायीसँग विवाहः
अभिषेकसँग सम्बन्ध टुटेपछि करिश्माले व्यवसायी संजय कपुरसँग विवाह गरिन् । संजयको पहिले नै सम्बन्धविच्छेद भइसकेको थियो । उनीहरुको विवाह पनि धेरैसमम टिक्न सकेन । संजयसँग करिश्माको एक छोरा र छोरी छन् ।
व्यापारी संदीपसँग जोडियो नामः
सम्बन्धविच्छेद पछि करिश्मा कपुरको नाम व्यापारी संदीप तोशनीवालसँग जोडियो । यद्यपि, केही महिना अघि उनको ब्रेकअपको खबर आइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् सम्बन्धी गुनासो र सूचनाका लागि नयाँ टोल फ्री नम्बर ‘१२३४’ सञ्चालनमा, सिधै जिल्लामै फोन जाने
-
बालेन सरकारको काम-कारबाहीप्रति आंशिक रुपमा मात्र सन्तुष्ट छन् मधेसका जनता
-
अभिनेत्री काजल कर्णको गम्भीर आरोप: सुटिङमा हेपियो, जानीजानी कालो मेकअप दलियो
-
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण