बाइकमा देखिए शाहरुख खान, के धूम–४ को तयारी हो ? (भिडियो)
आजभन्दा २७ वर्षअघि शाहरुख खानले फिल्म दिवानाबाट बलिउडमा प्रवेश गरेका थिए । २७ वर्ष पुरा भएको खुसीमा शाहरुखका प्रशंसकले उनको ट्वीटर अकाउन्टमा उनलाई बधाई दिइरहेका छन् । यस्तै, शाहरुखले भिडियो सेयर गर्दै आफ्ना प्रशंसकलाई विशेष तरिकाले धन्यवाद दिएका छन् । यो भिडियोमा शाहरुखले आफ्नो डेब्यू फिल्म दिवानाको बाइक सीन रिक्रिएट गरिरहेको देख्न सकिन्छ । शाहरुखको यो बाइक अपियरेन्स उनको अर्को फिल्मको इशारा त होइन भनेर धेरैले अनुमान गरिरहेका छन् ।
भिडियोको ब्याकग्राउन्डमा बजिरहेको दिवाना फिल्मको गीतमा शाहरुख स्लो मोसनमा बाइक चलाउँदै क्यामराको नजिक आइरहेका छन् । यो भिडियोमार्फत् उनले आफ्ना प्रशंसकलाई प्रेम र समर्थनका लागि धन्यवाद दिँदै बलिउडमा आफ्नो जीवनको आधा हिस्सा बिताएको पनि जानकारी दिएका छन् ।
Thank you for the awesome 27 years everybody and Thank you Sharad for the bikes! pic.twitter.com/UMg6k78C06
— Shah Rukh Khan (@iamsrk) June 25, 2019
उनले भनेका छन्, ‘म आफ्नो पहिलो फिल्म दिवानामा ‘कोइ न कोइ चाहिए’ गीत गाउँदै मोटरसाइकलमा आएको थिएँ र मानिसहरुले मलाई आफ्नो मनमा स्थान दिनुभएको छ । संयोग नै भन्नुपर्छ मोटरसाइकल कम्पनीमा काम गरिरहेका मेरा साथीहरुले मलाई दुईवटा मोटरसाइलक पठाएका छन् । उनीहरु चाहन्छन् कि दिवानामा गरिएको स्टन्टलाई मैले पुनः दोहोराउँ ।’
यो भिडियो हेरेर उनीहरुका प्रशंसक यसलाई शाहरुखको अर्को प्रोजेक्ट ‘धूम ४’ को संकेत हुनसक्ने अनुमान गरिरहेका छन् ।
स्मरण रहोस्, शाहरुखको फिल्म दिवाना जून २५, १९९२ मा रिलिज भएको थियो । यसमा उनलाई दिव्या भारतीको अपाजिटमा कास्ट गरिएको थियो । फिल्ममा शाहरुखबाहेक ऋषि कपुर पनि थिए । फिल्म बक्स अफिसमा हिट भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचार सेवा विस्तारसँगै सुदूरपश्चिममा कालाजारका बिरामी घट्दै
-
वन तस्करीमा बरामद सवारी साधन लिलामी गरिँदै
-
अमेरिका र इरानबिचको युद्धविराम सङ्कटमा : के फेरि सुरु होला शान्ति वार्ता ?
-
न्युजिल्यान्ड र भारतबिच ‘रणनीतिक साझेदारी’ घोषणा
-
वर्षा नहुँदा रौतहटका खेत बाँझै
-
गणेश नेपालीको न्यायको माग गर्दै वीर अस्पतालअगाडि प्रदर्शन, प्रहरीसँग धकेलाधकेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण