‘दंगल गर्ल’ले बलिउडलाई भनिन् बाईबाई, हेर्नुहोस् जायरा वसिमका केही सुन्दर तस्बिर
आमिर खानको फिल्म दंगलबाट बलिउडमा आफ्नो पहिचान बनाउने सुन्दर नायिका जायरा वसिमले आफ्नो फिल्मी करियरलाई सधैंका लागि सन्यास लिएकी छिन् । यो बलिउड जगतको मात्र नभई उनका प्रशंसकका लागि पनि निकै निराशाजनक कुरा हो । जायराले सोसल मिडियामा एउटा लामो स्टेटस लेखेर यसबारे जानकारी दिएकी हुन् ।
जायरालाई फिल्म दंगलका लागि नेशनल अवार्डबाट पनि सम्मानित गरियो । फिल्ममा उनले गीता फोगाटको भूमिका निभाएकी थिइन् । फिल्ममा उनको अभिनयका साथै सुन्दरताको पनि निकै प्रशंसा गरिएको थियो । जायराले निकै सानो उमेरमा अवार्ड जितिन् । उनी सोसल मिडियामा पनि निकै सक्रिय रहिन्छन् । इन्स्टाग्राममा उनको तस्बिर निकै रुचाइन्छ ।
जायराको जन्म श्रीनगरको हवल इलाकामा अक्टोबर २००० को २३ तारिखमा भएको थियो । उनका पिता, जाहिद वासिम, श्रीनगरमा एक बैंक प्रबन्धकको रुपमा काम गर्छन् । उनकी आमाको नाम जर्का वसिम हो । जायरालाई स्कूले समयदेखि नै अभिनयको शौख थियो । दंगल गर्ल अर्थात् जायराका केही आकर्षक तस्बिर हेरौंः
जायरा अभिनयका साथै पढाईमा पनि अब्बल छिन् । हालै भएको १० को परीक्षामा उनले ९२ प्रतिशत अंक पाइन् । यतिबेला उनी ११ कक्षामा पढिरहेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् सम्बन्धी गुनासो र सूचनाका लागि नयाँ टोल फ्री नम्बर ‘१२३४’ सञ्चालनमा, सिधै जिल्लामै फोन जाने
-
बालेन सरकारको काम-कारबाहीप्रति आंशिक रुपमा मात्र सन्तुष्ट छन् मधेसका जनता
-
अभिनेत्री काजल कर्णको गम्भीर आरोप: सुटिङमा हेपियो, जानीजानी कालो मेकअप दलियो
-
प्रस्तावित निर्वाचन आयुक्तविरुद्ध उजुरी आह्वान
-
मधेस सरकारको बजेट खर्च ५६ प्रतिशत मात्र
-
सुकुमबासी राखिएको कीर्तिपुरको होल्डिङ सेन्टर जलमग्न (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण