शनिबार, २७ असार २०८३
ताजा लोकप्रिय

सलमानले ट्वीटरमा लेखे, ‘... यदि मार्नु छ भने’

मङ्गलबार, १७ असार २०७६, ०९ : ३५
मङ्गलबार, १७ असार २०७६

बलिउड नायक सलमान खान उमेरको हाफ सेन्चुरी पूरा गरिसकेपछि पनि फिटनेसको मामलामा धेरैलाई टक्कर दिइरहेको देख्न सकिन्छ । उनको शानदार बडीको झलक उनको पछिल्लो सोसल मिडिया पोष्टमा देख्न पाइएो छ । यसका साथै उनले एउटा क्याप्सन पनि लेखेका छन् ।

सलमान खानले ट्वीटरमा आफ्नो शर्टलेस फोटो सेयर गरेका छन् । तस्बिरमा उनी जुन अवस्थामा देखिएका छन्, त्यो हेर्दा उनले वर्कआउटका बेला उक्त फोटोको खिचेको हुनसक्छ ।

फाटो पोष्ट गर्दै उनले लेखेका छन्, ‘यदि देखाउनु छ, उछिन्नु छ, मार्नु छ भने मेहनत गरेर आफ्नो स्तर वृद्धि गरेर कामले मार... कडा मेहनतभन्दा उत्कृष्ट अरु कुनै कुरा छैन ।’

कामको कुरा गर्ने हो भने सलमान खान आजकाल फिल्म ‘दबंग थ्री’ को सुटिङमा व्यस्त छन् । यो फिल्ममा उनीसँग सोनाक्षी सिन्हा र अरबाज खानले स्क्रिन सेयर गरेको देख्न सकिन्छ । फिल्म डिसेम्बर २० मा रिलिज हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप