‘साइनो’ को ‘क्या बात छ...’ मा नीताको आइटम
बुधबार, ०८ साउन २०७६, ११ : ४१
काठमाडौं – नेपाली फिल्मकी प्रथम नायिका भुवन थापा चन्दको निर्माण रहेको पहिलो फिल्म ‘साइनो’को आइटम गीत सार्वजनिक गरिएको छ । मिना निरौलाको स्वर रहेको ‘क्या बात छ...’ बोलको गीतमा शब्द यमन सुवेदी र संगीत किरण भुषालले दिएका छन् ।
गीतमा अभिनेत्री नीता ढुंगानाको आकर्षक नृत्य देख्न सकिन्छ । साथमा अभिनेता राजकुमार र राजा राजेन्द्र पोखरेलको पनि नृत्य देख्न सकिन्छ ।
चन्द्र बिनायक फिल्म प्रोडक्सनको ब्यानरमा रमेश थापाको निर्देशन रहेको फिल्ममा राज कुमार, मिरुना मगर, नीता ढुंगाना, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रेगन क्षेत्री लगायतका अन्य कलाकारहरुको अभिनय छ ।
‘साइनो’ यहि साउन २४ गते प्रदर्शनमा आउदैछ । अभिमन्यु निरबीले लेखेको फिल्मका शरण थापा कार्यकारी निर्माता रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
-
‘ओटिटी प्लेटफर्म’ अब कानुनी दायरामा, दर्ता र अनुमति अनिवार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण