अमिताभ बच्चनदेखि कपिल शर्मासम्मः बलिउडका १० सेलिब्रिटी कपाल रोप्नुपूर्व यस्ता देखिन्थे
बलिउड नायक जहिले पनि जवान देखिनुपर्ने बाध्यतामा रहेका हुन्छन् । जसका कारण आफ्नो पर्सनालिटि बढाउनका लागि उनीहरुले कस्मेटिक सर्जरीको साहारा लिन्छन् जसमध्ये कपाल रोप्नु निकै साधारण बनेको छ ।
९० को दशकमा खस्कँदो करियरसँगै अमिताभ बच्चनले आफ्नो धेरैजसो कपाल पनि गुमाए । त्यसपछि उनले ‘कौन बनेगा करोडपती’ मा पुनरागमन गरेर आफ्नो नयाँ लुकले सबैलाई चकित बनाए ।
सलमान खानले सन् २००७ मा कपाल रोपेको बताइन्छ । रिपोर्ट अनुसार उनले दुबईमा अमेरिकी डाक्टरमार्फत उक्त शल्यक्रिया गराएको बुझिन्छ ।
कपिल शर्मा आफ्नो संघर्षका दिन र अहिले निकै फरक देखिन्छन् । भारतीय हाँस्यकलाकार उनले केही समय अघि कपाल रोपेको बताइन्छ ।
अक्षय कुमारले ४० पार गरेपछि आफ्नो कपाल पातलिँदै गएको महसुस गरे । उनले आफ्नो यो समस्यालाई ‘हेयर ट्रान्सप्लान्ट’ सर्जरीमार्फत सुल्झाएको बुझिन्छ ।
संजय दत्तको उमेरसँगै करियरमा पनि सफलता हाँसिल गरिरहेका थिए । झर्दो कपालको उपचारका लागि संजय दत्तले पनि कपाल रोप्ने बिधि अपनाए । उनले फिल्म ‘अग्नीपथ’ पश्चात् फलिकुलर युनिट ट्रान्सप्लान्ट पनि गरेको बताइन्छ ।
गोबिन्दा केही समयको ब्रेकपश्चात् सन् २०१२ मा आफ्नो बाक्लो कपालसहित सार्वजनिक भएपछि उनले पनि कपाल रोप्ने बिधि अपनाएको भनी धेरैले कमेन्ट गरे ।
विवेक ओभरोइले पनि आफ्नो पर्सनालिटी बढाउनका लागि हेयर ट्रान्सप्लान्टको सहारा लिएको बताइन्छ ।
आदित्य पंचोलीले आफ्नो करियरको उत्तराद्र्धमा कपाल झर्ने समस्याको सामना गर्नुपर्यो । उनले दुबईमा लेजर हेयर ट्रान्सप्लान्ट सर्जरी गरेको कुरा स्विकार गरेका थिए ।
हिमेश रेसमियाको कपाल झर्न थालेपछि उनले क्याप लगाउन सुरु गरेको बताइन्छ । कपाल रोपेपछि उनले क्याप र विग दुबै लगाउन छाडिदिए ।
गायक अभिजित भट्टाचार्यले कपाल झर्ने समस्यालाई हेयर ट्रान्सप्लान्टमार्फत सुल्झाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण