‘हर हर महादेव’मा नीताको नृत्य
काठमाडौं – फिल्मको गीत गायनमा चर्चित गायिका सहिमा श्रेष्ठले तीज गीत लिएर आएकी छन् । ‘हर हर महादेव’ बोल रहेको उनको गीत शनिबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक भएको हो ।
गीतमा उनले कयौं तीजमा व्रत बस्दा पनि कोही जीवन साथी नभेटेको र यो तिजमा आस गरेको कुरा ब्यक्त गरेकी छन् । सन्तोष श्रेष्ठको संगीत रहेको गीतमा शब्द अमर वान्तुको रहेको छ ।
गीतको भिडियोमा अभिनेत्री नीता ढुंगानाले नृत्य गरेकी छन् । गायिका श्रेष्ठले पनि उनलाई नृत्यमा साथ दिएकी छन् । गीतमा सुयोग्य पति माग्दै हरेक वर्ष तिजमा व्रत बसेका युवतीको कथा छ ।
पवित्रा आचार्यले गीतको भिडियो निर्देशन गरेकी हुन् । अघिल्ला बर्षको तीज गीत झैँ यो पनि दर्शकले रुचाउनेमा कार्यक्रममा साहिमाले बताइन् ।
कार्यक्रममा आधुनिक गिती संग्रह ‘अमर भावना २’को समेत विमोचन गरिएको थियो । उक्त एल्बमको ‘तिम्रो शहर’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरियो । दिपक शर्माको संगीत रहेको गतिको भिडियोमा अनुप बिक्रम शाही र आँचल शर्माको अभिनय छ ।
कार्यक्रममा पूर्वमन्त्री एवं गीतकार शंकर कोईराला, गीतकार राजेन्द्र थापा, चलचित्र निर्देशक दिपाश्री निरौला लगायत उपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण