नायिका नेहा धुपियाको दुर्घटना, सहयोग गर्नुको साटो सेल्फी लिन थाले मानिसहरु
आफ्नो कार्यक्रम नो फिल्टर नेहाको दोस्रो संस्करणको प्रोमोशनको सिलसिलामा चण्डीगढ पुगेकी नेहा धुपियाको दुर्घटना भएको छ ।
उनी मुम्बईको फ्लाइट लिनका लागि चन्डीगढ एयरपोर्ट जाने क्रममा दुर्घटना भएको हो । दुर्घटनाका कारण त्यहाँ भयंकर जाम भयो र नेहा लगभग आधा घण्टाका लागि त्यहाँ फसिन् ।
यद्यपी, दुर्घटनामा उनी र उनको समूहमा कसैलाई पनि गम्भीर चोट लागेन । नेहाको काँधमा भने चोट लागेको छ ।
अचम्मको कुरा के छ भने दुर्घटना हुँदा मानिसहरु उनलाई मद्दत गर्नुको साटो उनीसँग सेल्फी लिन र अटोग्राफ लिनका लागि जम्मा भए ।
के हो फिल्टर नेहाः
सन् २०१६ मा नेहाले पोडकास्टमा यो कार्यक्रमको सुरुवात गरेकी थिइन् । यसमा उनी बलिउड सेलिब्रिटीको अन्तर्वार्तामा लिन्छिन् र उनको जीवनसँग जोडिएका कथा सार्वजनिक गर्ने कोसिस गर्छिन् । कार्यक्रमले निकै राम्रो प्रतिक्रिया पाएको थियो । यसै वर्ष यसको दोस्रो सिजनको सुरुवात भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण