बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

बैङ्कमा २ करोड ३५ लाख निक्षेप खाता हुँदा १३ लाख मात्र ऋण खाता

मोबाइल बैंकिङ प्रयोग गर्ने आधा करोड पुगे
मङ्गलबार, १४ साउन २०७६, ११ : ५७
मङ्गलबार, १४ साउन २०७६

बैङ्क तथा वित्तीय संस्थामा निक्षेपकर्ताको संख्या बढेको छ । राष्ट्र बैङ्कको पछिल्लो तथ्याङ्क अनुसार निक्षेपकर्ताको संख्या २ करोड ३५ लाख ४४ हजार ८ सय ५९ पुगेको छ । अर्थात् यो बैङ्कमा रहेको निक्षेप खाताको संख्या हो । यद्यपि, यस निक्षे्प खातामा धेरैको खाता दोहोरिएको हुनसक्ने राष्ट्र बैङ्कले भनेको छ । 

जस्तै एउटै व्यक्तिको विभिन्न बैङ्कमा खाता हुनसक्छ । यता ऋणको खाता संख्या १३ लाख १ हजार १० पुगेको छ । यो २०७६ असार मसान्त सम्मको तथ्याङ्क भएको नेपाल राष्ट्र बैङ्कका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

मोबाइल बैङ्किङका प्रयोगकर्ताहरु पनि निकै बढेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कलाई आधार मान्ने हो भने अहिले ५० लाख ८६ हजार ६९ जनाले मोबाइल बैकिङ प्रयोग गर्ने गरेका छन् ।

यस्तै ८ लाख ३४ हजार ३ सय २ जनाले इन्टरनेट बैङ्किङ सेवा लिएका छन भने डेबिट कार्डको संख्या ५५ लाख ४४ हजार २ सय ५३ पुगेको छ । अहिले एटिएम संख्या २ हजार सात सय ९१ छ ।

यता, प्रति बैङ्क शाखा जनसंख्या ४ हजार ३ सय ३४ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप