‘लभ डायरीज’को गीतमा सुशील र रुविनाको प्रेम
काठमाडौं – आगामी असोज ३ गते प्रदर्शनमा आउने फिल्म ‘लभ डायरीज’ले प्रचारको थालनी गरेको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण युनिटले प्रचारको पहिलो थालनी ‘सुन्यौ कि सुनेनौ तिमीले ?’ गीतबाट गरेको हो ।
अर्जुन पोखरेलले शब्द तथा संगीतरहेको गीतमा बाबु प्रधानको एरेञ्ज रहेको छ । सुगम पोखरेल र स्वेच्छा ठकुरीले गतिमा स्वर दिएका छन् ।
गीतमा अभिनेता सुशील र अभिनेत्री रुविना देखिएका छन् । विक्रम लामा र एञ्जिला खत्रीको कोरियोग्राफी छ । फिल्म सौरभ चौधरीले निर्देशन गरेका हुन् ।
फिल्म राम्रो बनाउन आफूले कुनै कसुर बाँकी नराखेको निर्देशक चौधरीले बताए । ‘प्रेममा रहँदा बिताएको एउटा अविस्मरणीय पललाई शब्दमा उतारिएको डायरीलाई लभ डायरीज भनिन्छ’ निर्देशक चौधरीले भने ‘फिल्मको कथा पनि यही हो ।’
फिल्ममा विश्वजित रिमाल, बिष्णु सापकोटा, अर्जुनजंग शाही, बिशाल पहारीलगायतका कलाकारको पनि अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण