यमन माझीको नयाँ गीत ‘कोनान सुन्दित’ सार्वजनिक
गायक यमन माझीको नयाँ गीत सार्वजनिक भएको छ । गायक माझीको माझी भाषी गीत ‘कोनान सुन्दित’ गीतको भिडियो सार्वजनिक भएको हो । सार्वजनिक गीतको शब्द तथा संगीत पनि गायक माझीकै रहेको छ ।
गीतलाई लक्क्षुप्रकाश मल्लले एरेञ्ज गरेका हुन् । गायक माझीका अनुसार ‘कोनान सुन्दित’ माझी समूदायको भाषा तथा संस्कृतिलाई प्रस्तुत गरेको छ । गीतको भिडियोलाई गायक माझी आफैले निर्देशन गरेका हुन् । उनले गीतको मर्म अनुसार भिडियोलाई पनि कलाकार मार्फत उत्कृष्ट बनाएका छन् ।
गीतको भिडियोमा सुब्बा माझी र हरिमाया माझी फिचर्ड छन् । भिडियोलाई अर्जुन खड्काले सम्पादन गरेका हुन् । यमन माझी गायक मात्रै होइनन्, उनी गीतकार, संगीतकार र अभिनेता समेत हुन् ।
उनले एक्स्ट्रा माया, माङो डोङा–२ लगाएतका फिल्ममा मुख्य अभिनेताको रुपमा काम समेत गरिसकेका छन् । त्यस्तै उनले दर्जनौं गीतहरुमा मोडलिङ गरेका छन्, भने सयौं गीतहरु बजारमा ल्याइसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण