कपिल शर्मालाई यो के भयो ? पुनः रद्द गरे कार्यक्रमको सुटिङ
भारतीय हास्यकलाकार कपिल शर्माको स्वास्थ्य लामो समयदेखि ठिक छैन । जसका कारण उनीबारे विभिन्न समाचार सार्वजनिक भइरहेका छन् ।
केही दिन अघि नायक अर्जुन रामपाल र नायिका ऐश्वर्या राजेश आफ्नो नयाँ फिल्म ‘ड्याडी’ को प्रोमोशनका लागि ‘द कपिल शर्मा शो’ को सेटमा पुगे । तर धेरैबेर कुर्दा पनि सुटिङ सुरु नभएपछि यी दुई कलाकार घर फर्कनुपर्यो ।
एक चर्चित वेबसाइटको रिपोर्ट अनुसार कपिलले आफ्नो स्वास्थ्यस्थिती ठिक नभएको जसका कारण उनी सुटिङ गर्ने स्थितीमा नभएको जानकारी दिए ।
रक्तचापको समस्यासँग जुधिरहेका छन् कपिलः
एक भारतीय अनलाइनलाई दिएको अन्तर्वार्तामा उनी कम रक्तचापको समस्यासँग जुधिरहेको बताए ।
उनले भनेका थिए, ‘पछिल्लो केही महिनादेखि कार्यक्रम र फिल्म फिरंगीका कारण मैले रात–दिन काम गरिरहनुपरेको छ । मैले आफ्नो स्वास्थ्यको ख्याल राख्ने समय पनि पाएको छैन ।’
‘म निकै व्यस्त भएकाले व्यायाम पनि गर्न पाइरहेको छैन । यसको असर मेरो स्वास्थ्यमा पर्यो र कम रक्तचापको शिकार हुनुपर्यो । ’
‘यद्यपी, मैले दोस्रोपटक वर्कआउट सुरु गरेको छु र मेरो स्वास्थ्यमा पनि क्रमिक सुधार आइरहेको छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण