यी अभिनेताकी श्रीमतीले गरिन् यस्तो अपराध एक महिनादेखि दुबईको जेलभित्र
टेलिभिजन नायक अमित टण्डन र उनकी श्रीमतीबिच खटपट भएको खबर सार्वजनिक भएको थियो तर अब यी कलाकारकी श्रीमती पछिल्लो एक महिनादेखि दुबईको जेलभित्र बन्द भएको खबर भारतीय मिडियामा सार्वजनिक भएको छ ।
रिपोर्टलाई विश्वास गर्ने हो भने दुबई हेल्थ अधिकारीका अनुसार रुबीले सरकारी अधिकारीलाई धम्की दिएकी थिइन् जसका कारण उनलाई दुबईको अल राफा जेलमा बन्द गरिएको हो । श्रीमतीलाई जेलमुक्त गर्नका लागि अमित दुबई गइसकेका छन् तर उनी श्रीमतीलाई जेलमुक्त गर्न सफल भएनन् ।
अमितकी श्रीमती छाला विशेषज्ञ हुन् र थुप्रै टेलिभिजन सेलिब्रिटी उनका ग्राहक हुन् । रुबी जेलमा थुनिएपछि अमित दुःखी छन् र उनले रुबी एक उत्कृष्ट डाक्टर हुन् जो सधैं सबैको मद्दतका लागि तयार रहन्छिन् । अमितका अनुसार रुबीको सफलता केही मानिसहरुलाई मन परेन जसका कारण उनीमाथि यस्तो गलत आरोप लगाइएको हो । अमित चाँडै नै श्रीमती रिहा हुने कुरामा विश्वस्त छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
-
झापामा डेङ्गु सङ्क्रमितको सङ्ख्या घट्दो
-
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंक’ सम्मान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण