करेन्ट लाग्दा सहचालकको मृत्यु
बिहीबार, ३० साउन २०७६, १३ : ५१
नुवाकोट– नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा आज करेन्ट लागेर सहचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–२ का बिक्रम थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उक्त कार्यालयका प्रमुख अभिनारायण काफ्लेका अनुसार शान्तिबजारस्थित हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनको क्रसर उद्योगमा टिपरको ढाला खोलेर बालुवा भर्ने क्रममा करेन्ट लागेर १९ वर्षका थिङ सख्त घाइते भएका थिए ।
उनलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो ।बा४ख ८७१८ नंको टिपरका सहचालक रहेका उनको मृत्यु भएपछि उक्त गाडीका चालक विष्णुबहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । विष्णुबहादुर सहचालकका काका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण