आन्तरिक उडानमा विदेशी नागरिकलाई लिइने भाडा दर घट्ने संकेत
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले आन्तरिक उडानमा विदेशी नागरिकलाई लिइने भाडा दर घटाउने संकेत गरेका छन् । नागरिक उड्डयन प्राधिकरणद्वारा विहिबार आयोजित एभियसन सेफ्टी रिपोर्ट– २०१९ सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आन्तरिक उडानमा विदेशीलाई लिइने भाडा दर घटाउने संकेत गरेका हुन् ।
आन्तरिक उडानमा विदेशीलाई लिइने भाडाका बारेमा कुटनीतिक नियोगका व्यक्तिहरुबाट धेरै गुनासो आइरहेको भन्दै उनले त्यसबारे व्यवसायीहरुसँग परामर्श गरेर छिट्टै निर्णय गरिने बताए । उनले चर्को हवाई भाडाले नेपालको पर्यटन उद्योगलाई घाटा वा नोक्सानी पुर्याएको छ भन्ने विश्लेषण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले हवाई जहाजमा प्रयोग हुने इन्धनको मूल्य सम्बन्धमा पनि छलफल गरिने बताए ।
मन्त्री भट्टराईले सरकार र निजी क्षेत्रबीच अन्योन्याश्रित सम्बन्ध रहेको भन्दै अलग्गै निकायका रुपमा नबुझ्न आग्रह गरे । उनले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जाहेर गरे । उनले सार्वजनिक निजी साझेदारी मोडलमा उड्डयन विद्यालय स्थापना गर्ने सम्बन्धमा पहल भइरहेको र छिट्टै मन्त्रालयको संयोजकत्वमा सरोकारवाला सम्मिलित कमिटी बनाउने जानकारी दिए ।
उनले प्राधिकरणद्वारा सार्वजनिक एभियसन सेफ्टी रिपोर्ट–२०१९ मा धेरै सकारात्मक संकेत देखिएको भन्दै आगामी दिनमा अझै राम्रो र र सकारात्मक हुने आशा व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल लगियो
-
एउटा गल्तीले खोसेको सपनाः यसरी दुःखद बन्यो बेल्जियमको ‘स्वर्णिम पुस्ता’को अन्त्य
-
सिरहामा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान
-
चिनीको बट्टामा कमिला पसेर हैरान हुनुहुन्छ ?
-
ट्राफिक जरिवानाबारे अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, एक वर्ष अन्तरवार्ता नदिने घोषणा
-
बालेन र ओलीका समर्थकलाई कमेडियन प्रभात लामाको कटाक्ष- ‘एउटा झोले, अर्को झोले प्रो–म्याक्स’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण