स्वास्थ्यमा सुधार नभए प्रधानमन्त्री ओली केहीदिनमै उपचारको लागि विदेश जाने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार नभए केही दिनमै उपचारको लागि फेरि विदेश लैजाने तयारी भइरहेको छ ।
साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार नभए उपचारको लागि विदेश लैजाने तयारी भइरहेको स्रोतले जनाएको छ ।
यसअघि सिंगापुरबाट उपचार गरेर फर्किपछि भदौ ५ गते फ्लोअपका लागि सिंगापुर जाने तयारी थियो ।
उनको अस्वस्थताका कारण आज बस्ने भनिएको क्याविनेट बैठक र पार्टी सचिवालयको बैठक समेत स्थगित भएको छ ।
साउन २८ गतेदेखि सचिवालय बैठक लगातार सर्दै आइरहेको थियो । आज ३ बजे बस्ने भनिएको बैठक चार बजेका लागि सारिएको थियो तर प्रधानमन्त्री ओलीको स्वास्थ्य अचानक विग्रेपछि बैठक स्थगित गरिएको हो ।
सचिवालय बैठकमा केन्द्रीय कार्यसमितिको कार्यविभाजन लगायतको विषयमा छलफल हुने एजेण्डा तय भएको थियो । कार्यविभाजनमा स्कूल विभाग कसले लिने कुरामा विवाद देखिएको छ । सो विभागका लागि प्रवक्ता नारायाणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दावी गर्दै आएका छन् ।
स्कूल विभागको विवाद समाधान नभएका कारण अन्य विभागको जिम्मेवारी बाँडफाँड पनि सार्वजनिक गरिएको छैन ।
‘प्रधानमन्त्रीको स्वास्थ्य ठिक छ’
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था ठिक रहेको जानकारी दिएका छन् ।
केही सञ्चारमाध्यमले प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर अर्नगल प्रचारबाजी गरेको भन्दै उनले केही थकितमात्र भएको सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् ।
‘सिंगापुरमा स्वास्थ्य परिक्षण गरी स्वदेश फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित भए र आजको सचिवालय बैठक भोली बस्ने गरी स्थगित भयो’, रिमालले फेसबुकमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
साढे ३ वर्षपछि पहिलो पटक राप्रपा कार्यालय पुगे कमल थापा
-
राजावादीको बैठकमा दुर्गा प्रसाईं समूहलाई बेवास्ता ?
-
‘हनीट्रयाप’ मा पारेर काठमाडौँमा ३ लाख ६३ हजार लुटपाट, ८ जना पक्राउ
-
माउन्टेन डिउको नयाँ अभियानमार्फत नेपाली पर्वतारोहीको कथा उजागर
-
तीनकुने घटनामा अनिल बस्नेत पक्राउ : २ दिन म्याद थप
-
भुसमुनि भेटियो ७२ लाखको सामान