स्वास्थ्यमा सुधार नभए प्रधानमन्त्री ओली केहीदिनमै उपचारको लागि विदेश जाने
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार नभए केही दिनमै उपचारको लागि फेरि विदेश लैजाने तयारी भइरहेको छ ।
साउन २७ गते सिङ्गापुरबाट उपचार गराएर फर्केका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार नभए उपचारको लागि विदेश लैजाने तयारी भइरहेको स्रोतले जनाएको छ ।
यसअघि सिंगापुरबाट उपचार गरेर फर्किपछि भदौ ५ गते फ्लोअपका लागि सिंगापुर जाने तयारी थियो ।
उनको अस्वस्थताका कारण आज बस्ने भनिएको क्याविनेट बैठक र पार्टी सचिवालयको बैठक समेत स्थगित भएको छ ।
साउन २८ गतेदेखि सचिवालय बैठक लगातार सर्दै आइरहेको थियो । आज ३ बजे बस्ने भनिएको बैठक चार बजेका लागि सारिएको थियो तर प्रधानमन्त्री ओलीको स्वास्थ्य अचानक विग्रेपछि बैठक स्थगित गरिएको हो ।
सचिवालय बैठकमा केन्द्रीय कार्यसमितिको कार्यविभाजन लगायतको विषयमा छलफल हुने एजेण्डा तय भएको थियो । कार्यविभाजनमा स्कूल विभाग कसले लिने कुरामा विवाद देखिएको छ । सो विभागका लागि प्रवक्ता नारायाणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दावी गर्दै आएका छन् ।
स्कूल विभागको विवाद समाधान नभएका कारण अन्य विभागको जिम्मेवारी बाँडफाँड पनि सार्वजनिक गरिएको छैन ।
‘प्रधानमन्त्रीको स्वास्थ्य ठिक छ’
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था ठिक रहेको जानकारी दिएका छन् ।
केही सञ्चारमाध्यमले प्रधानमन्त्रीको स्वास्थ्यलाई लिएर अर्नगल प्रचारबाजी गरेको भन्दै उनले केही थकितमात्र भएको सामाजिक सञ्जाल फेसबुकमार्फत उल्लेख गरेका छन् ।
‘सिंगापुरमा स्वास्थ्य परिक्षण गरी स्वदेश फर्किए लगत्तै पार्टी र सरकारको बाक्लो कामको धपेडीले सम्माननीय प्रधानमन्त्री केही थकित भए र आजको सचिवालय बैठक भोली बस्ने गरी स्थगित भयो’, रिमालले फेसबुकमा लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण