नेकपाको सचिवालय बैठक बस्दै
शुक्रबार, ३१ साउन २०७६, १० : २२
काठमाडौँ । दिउँसो तीन बजे बस्ने भनिएको सत्तारुढ नेकपाको सचिवालय बैठक केहिबेरमा बस्ने भएको छ ।
११ बजे बालुवाटारमा बस्ने बैठकले कार्यविभाजनका बाँकी काम टुङ्गाउनेबारे छलफल गर्ने महासचिव विष्णु पौडेलले जानकारी दिए ।
बिहीबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक शुक्रबार ३ बजेका लागि सारिएको थियो ।
तर, तीन बजेको बैठक सरेर अहिले ११ बजे बस्ने भएको हो । साउन २८ गतेदेखि सचिवालय बैठक लगातार सर्दै आइरहेको थियो ।
नेकपामा स्कूल विभाग कसले लिने भन्ने कुरामा विवाद कायमै छ ।
सो विभागका लागि प्रवक्ता नारायाणकाजी श्रेष्ठ र सचिवालय सदस्य ईश्वर पोखरेलले दावी गर्दै आएका छन् । स्कूल विभागको विवाद समाधान नभएका कारण अन्य विभागको जिम्मेवारी बाँडफाँड पनि सार्वजनिक गरिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण