प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्दै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्ने भएका छन् ।
आइतबार ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
संयोजक अधिकारीका अनुसार प्रधानमन्त्रीले संसदमा समसामयीक विषयलाई लिएर सम्बोधन गर्ने तयारी छ ।
त्यस्तै प्रधानमन्त्रीले आफ्नो स्वास्थ्य अवस्थाबारे पनि संसदलाई जानकारी गराउने छन् ।
प्रधानमन्त्री ओली गत सोमबार सिंगापुरमा स्वास्थ्य उपचारपछि स्वदेश फर्किएका थिए ।
प्रधानमन्त्री ओलीले गत असार ३ गते संसदमा सम्बोधन गर्ने तय भएपनि प्रतिपक्षको अवरोधका कारण स्थगित भएको थियो ।
यसैबीच आइतबार बस्ने संसद बैठकमा विभिन्न बिद्येयक तथा प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति पूर्ण कुमारी सुवेदीले वन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण