६ महिनाभित्रै पाउने भए कालीकोटवासीले राष्ट्रिय प्रशारणलाइनको बिजुली

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही साताव्यापी जिल्ला भ्रमण सकेर प्रदेश राजधानी सुर्खेत फर्कदै गर्दा मंगलबार उनी चढेको गाडी दैलेखको टुनीवगरमा रोकियो । गाडीवाट झरेर मुख्यमन्त्री शाही सरासर वाटोछेउमै रहेको टीनले वारेको खाजा पसल छिरे ।
राकमवजारमा खाना खाएका मुख्यमन्त्री टुनीवगरमा झरेर खाजापसलमा छिर्दा उनीसंगै आईरहेका अन्य गाडिमा सवार नेता कार्यकर्ता विच के भएको भनेर कानेखुशी चल्यो । मुख्यमन्त्रीका स्वकीय सचिवले सानो भेटघाट रहेको जानकारी दिए ।
मुख्यमन्त्री खाजापसल छिरेको केहीवेरमै नेपाल विद्युत प्राधिकरणको दैलेख कालिकोट विद्युत प्रशारण लाईन विस्तार आयोजनाका प्रमुख सुरेन्द्र चौधरी सहितको टोली पनि सोही पसलमा छिर्यो । अनि शुरु भयो कालिकोट जुम्ला विद्युत प्रशारण लाइन विस्तारको प्रगतिको अवस्थाको वारेमा छलफल ।
छलफलमा आयोजना प्रमुख चौधरीले विद्युत प्रशारण लाईन विस्तारको कार्य तिव्रताका साथ अघि वढेको र विचमा पर्ने केही रुख कटान तथा कालिकोट सदरमुकाम मान्मामा सवस्टेशन निर्माणको लागि जग्गा प्राप्तिको समस्या रहेको जानकारी दिए ।
त्यस लगत्तै मुख्यमन्त्री शाहीले कालिकोटका प्रमुख जिल्ला अधिकारी र खाडाचक्र नगरपालिकाका मेयरलाई टेलीफोन गरेर सवस्टेशनको लागि जग्गा उपलब्ध गराउने व्यवस्था मिलाउन निर्देशन गरे । रुख कटान सम्वन्धि समस्या हल गर्न पनि आफुले पहल गर्ने प्रतिवद्धता मुख्यमन्त्री शाहीले ६ महिनाभित्रै कालिकोटमा राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा उपलब्ध गराउन आयोजना प्रमुख चौधरीलाई निर्देशन दिए ।
छलफल पछि आयोजना प्रमुख चौधरीले सवस्टेशन निर्माणको कार्य जारी रहँदा पनि ११ केभिए क्षमताको विद्युत सेवा उपलब्ध गराउन सकिने वताउदै ६ महिना भित्र कालिकोट सदरमुकाम मान्मामा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कर्णाली करिडोरमा धमाधम चलिरहेको लाईन विस्तारको कामले पनि मुख्यमन्त्री शाही उर्जामन्त्री हुँदा कर्णालीका दुर्गम जिल्लाहरुमा राष्ट्रिय प्रशारण लाईनको विद्युत सेवा पुरयाउन गरेको पहलले सार्थकता पाउदै गरेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सगरमाथा संवादका लागि भारतबाट १५ विद्युतीय गाडी सहयोग
-
निजामती विधेयकमा कांग्रेस र एमालेको मत बाझियो, राज्य व्यवस्था समितिबाट पारित हुन सकेन
-
आर्थिक सङ्कटमा सुदूरपश्चिमका एफएम रेडियो
-
को बन्ला उत्कृष्ट हिरोइन ?
-
कालीगण्डकी नदीबाट अवैध उत्खनन गर्ने श्रृङ्खला बढेको भन्दै राष्ट्रिय जनमोर्चाद्वारा सरकारको ध्यानाकर्षण
-
श्रीमतीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ